२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

बालुवाटार जग्गामा दोषी ठहरिए दण्ड भोग्न तयार छु : भट्टराई



अ+ अ-

काठमाडौं । नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणको गम्भीरतापूर्वक छानविन गर्न माग गरेका छन्।

सोमबारदेखि सुरु भएको संघीय संसदको चौथो अधिवेशनलाई सम्बोधन गर्दै भट्टराईले ललितानिवास जग्गा कब्जा प्रकरणमा आफ्नो नाम पनि मुछिएको स्मरण गर्दै गम्भीरतापूर्वक छानविन हुनुपर्ने माग राखेका हुन्। नियतवश संलग्नता रहेकालाई दण्ड दिनुपर्ने भन्दै दोषी ठहरिए आफू दण्ड भोग्न तयार रहेको उनको भनाई छ।

‘ललितानिवास प्रकरणमा थुप्रै प्रधानमन्त्रीको नाम जोडिएको छ। सन्त नेताको परिचय बनाएका किष्ण प्रसाद भट्टराई, नेकपाका नेता माधव नेपाल र मेरो पालामा भएको निर्णय गलत रहेको भन्ने कुरा आएको छ। व्यक्तिको नियत सहि भएर हुँदो रहेनछ। गम्भीरतापूर्वक छानविन गरियोस। नियतवंश संलग्नता रहेको छ भने दण्ड दिनुपर्छ। म दण्ड भोग्न तयार छु’, उनले भने। यो खबर आजको नागरिक दैनिकमा छ।