
काठमाडौं । जबर्जस्ती करणीको प्रतिकारका कारण सुनिता थारुको हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । मृत अवस्थामा भेटिएकी सुनिता घटनाबारे पूर्ण अनुसन्धान हुन् बाँकी छ तर घटना हुँदा सँगै रहेका श्रीमान् र उनका साथीको प्रारम्भिक बयानबाट श्रीमान् दोषी नरहेको र उनका साथीको घटनामा संलग्नता पुष्टि हुँदै गएको प्रहरी उपरीक्षक अच्युतमप्रसाद पुडासैनीले जानकारी दिनुभयो ।
के हो घटना ?
सुनिताका श्रीमान् केही समय अघिसम्म भारतमा बस्दै आएका थिए सोक्रममा सुनिता र नबिनबीच गोप्य शारीरिक सम्बन्ध थियो । त्यही सम्बन्धको सुइको पाएकी सुनिताकी सासूले बेलाबखत सोही कुरालाई लिएर कुटपीट गर्ने गरेको बताइन्छ । त्यसैले, छरछिमेकमा घटना पारिवारिक हिंसाका कारण भएको भन्ने विश्वास रहेको स्रोतको दाबी छ । तर, सुनिताको हत्या श्रीमान्ले गरेको नभई साथीले गरेको हुन सक्ने प्रहरीको अनुमान छ ।, समाचार राजधानी दैनिकले छापेको छ ।












