२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

आजसम्म थाहा छैन मोदीको जात के हो ?



अ+ अ-

काठमाडौं । कांग्रेसकी राष्ट्रिय महासचिव प्रियंका गान्धी वाड्राले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जातबारे आफूलाई अहिलेसम्म थाहा नभएको बताएकी छिन् ।

अमेठीमा आइतबार पत्रकारसँगको कुराकानीमा प्रियंकाले विपक्षले यो मुद्दा कहिले पनि नउठाएको समेत बताइन् ।

उनले भनिन्, ‘अहिलेसम्म थाहा छैन कि प्रधानमन्त्रीको जात के हो । र मलाई लाग्छ कि विपक्षले कहिले पनि यस्तो प्रकारको उल्टो कुरा गरेका छैनन् । विपक्ष, जहाँसम्म मलाई थाहा छ, विशेषगरी जो कांग्रेसका नेता छन्, यो चुनावमा विकासको मुद्दा मात्र उठाइरहेका छन् । मात्र यस्ता मुद्दा, जुन जनतालाई सरोकार छ।।। कहिले व्यक्तिगत यस्तो आलोचना गरिनँ।।। ।’

प्रियंकाले भनिन्, ‘जनतालाई आदर गर्नु सबैभन्दा ठूलो राष्ट्रवाद हो । जनताको समस्या हल गर्नु राष्ट्रवाद हो । यद्यपी, यहाँ यस्ता मानिसहरु छन् जसले आवाज उठाउँदा त्यसलाई दबाइदिन्छन् । यो न त लोकतन्त्र हो न नै राष्ट्रवाद ।’

उनका अनुसार चुनावमा रोजगार, शिक्षा, बेरोजगारी, स्वास्थ्य नै उनको पार्टीको मुद्दा हो ।

शुक्रबार मोदीले आफ्नो जातबारे देश नै अनभिज्ञ भएको बताउँदै बिएसपीकी मायावती, समाजवादी पार्टीका अध्यक्ष अखिलेश यादव र कांग्रेसलाई यो मुद्दा उठाएकोमा धन्यवाद दिएका छन । ‘म तल्लो जातको हुँ । मेरो गाउँमा मेरो जातका केही मात्र घर छन् । म पिछडिएको जात मात्र होइन पिछडिएको समुदायसँग सम्बन्धित छु । मलाई बाध्य बनाएका कारण यस्तो भनिरहेको छु,’ मोदीले भने ।

यसअघि मायावतीले मोदी आफ्नो स्वार्थका लागि मात्र आफूलाई पिछडिएको जात बताइरहेको दाबी गरेकी थिइन् ।