
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा दिल्ली क्यापीटल्सले आज रोयल च्यालेन्जर्स बैंग्लोरविरुद्ध घरेलु मैदान फिरोज शाह कोट्लामा खेल्दैछ ।
आजको खेलमा सन्दीप दिल्लीको टिममा समेटिएका छन्। उनी प्लेइङ–११ मा परेका हुन्। अघिल्लो खेलमा उनी टिममा अटाएका थिएनन्।
११ खेल खेलेको दिल्लीले सात खेलमा जित र चार खेलमा हार ब्यहोर्दै १४ अंक बनाएको छ । पहिलो नम्बरमा चेन्नई सुपर किङ्स १६ अंकसहित शीर्ष स्थानमा रहेको छ भने मुम्बई इन्डियन्स् समान १४ अंकसहित नेट रनरेटका आधारमा दिल्लीभन्दा अगाडि रहेको छ । आजको खेल जितेमा रन रेटको आधारमा दिल्लीले चेन्नाई पछाडि पार्ने मौका छ भने मुम्बईभन्दा दुई अंकले आगाडी जाने मौका मिलेको छ ।
अहिलेसम्म ४ खेलमात्रै जितेको बैंग्लोर ८ अंकसहित पुछारमा रहेको छ । पछिल्ला ४ खेलमा आक्रामक देखिएका बैंग्लोरका कप्तान कोहलीलाई रोक्नु दिल्लीका लागि मुख्य चुनौति हुनेछ ।
खेल दिउँसो चार बजेर १५ मिनेटमा सुरु हुनेछ ।












