२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाली सेनाको खर्चअनुसार काम नभएपछि विभागीय कारबाही



अ+ अ-

काठमाडौं । नेपाली सेनाले पूर्वनिर्धारित बजेट सीमाअनुसार ब्यारेक निर्माण सम्पन्न नगरेको पाइएको छ।

तत्कालिन माओवादीद्वारा सञ्चालित सशस्त्र द्वन्द्वकालमा सुरक्षित वासस्थानका रुपमा प्रयोग भएका बंकर विस्थापन गर्न र पक्की ब्यारेक बनाउन सरकारले आर्थिक वर्ष २०८६८/६९ बाटै बजेट विनियोजन गर्दै आएको छ।


छत्रमानसिंह गुरुङ प्रधानसेनापति हुँदा बंकर विस्थापन परियोजना थालिएको थियो। त्यसपछि गौरवशमशेर राणा, राजेन्द्र क्षत्री हुँदै अहिले पुर्णचन्द्र थापाले सेनाको नेतृत्व गरिरहेका छन्। थापाको कार्यकालमा पनि एक वर्ष बित्न लागेको छ। तर ब्यारेक निर्माण समयमै नसकिने भएको छ ।

बंकर विस्थापन परियोजनाअन्तर्गत आठ वर्षमा १० अर्ब १५ करोड रुपैयाँको हाराहारीमा बजेट खर्चेर तीन हजार ५४ मात्रै बनाएको सेनाले अबको दुई वर्षमा दुई हजार ६५ संरचना बनाइसक्नु पर्ने छ।

ब्यारेक निर्माणमा निर्धारित बजेट सकिँदा पनि त्यसअनुसरा काम नभएको पाइएपछि प्रधानसेनापति थापाले देशभरका ब्यारेक अनुगमनका लागि टोली नै खटाएका थिए। त्यसक्रममा खर्चअनुसार काम नभएको पाइएपछि केही कर्मचारीमाथि विभागीय कारबाही नै गरेको सैनिक उच्च स्रोतको भनाइ छ। नागरिक दैनिकमा खबर छ ।