२३ जेष्ठ २०८३, शनिबार
,
Latest
अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल एकै दिनमा तीन हजार भन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता बाग्लुङकाे ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

घोर कलियुग ! १३ वर्षीय स्कुले बालकबाट २४ वर्षीय शिक्षिका गर्भवती बनेपछि….



अ+ अ-

काठमाडौं । पुरुष शिक्षकले आफ्नै विद्यार्थीसँग प्रेम अनि विवाह समेत गरेको घटना बेलाबखत सुनिंदै आएको छ । तर, महिला शिक्षकको हकमा आफ्नै विद्यार्थीसँग यौन सम्बन्ध अनि गर्भवती हुनेसम्मको घटना सुनिएको छैन ।तर, अमेरिकामा गत वर्ष एक शिक्षिकामाथि १३ वर्षीय स्कुले बालकसँग यौन सम्बन्ध राखेको आरोपमा मुद्दा चल्योे ।

उनै शिक्षिका अलेक्जेन्ड्रा बेरालाई अदालतले १० वर्षको कैद सजाय सुनाएको छ । ह्युस्टनस्थित एक माध्यमिक स्कुलमा अंग्रेजी पढाउने ती शिक्षिका २४ वर्षको उमेरमा स्कुले बालकबाट गर्भवती नै बनेको समाचार अन्तर्राष्ट्रिय मिडियाले उल्लेख गरेका छन् ।

मिडियाले जनाए अनुसार ती शिक्षिकाले आफ्नो ‘भाइ’ भन्दै ती बालकलाई घरमै पढ्न बोलाउँथिन् । सोही क्रममा उनीहरुबीच प्रेम सम्बन्ध फैलिएपछि अलेक्जेन्ड्राले गर्भाधारण नै गरेकी थिइन् ।

ती शिक्षिकालाई अभियोग लागेपछि मुद्दा अदालतमा थियो । हालै उनको विषयमा अदालतले १० वर्षको जेल सजाय सुनाएको छ । उक्त घटना सार्वजनिक भएपछि नै उनलाई प्रहरीले पक्राउ गरेको थियो ।

अभियुक्त शिक्षिकाले भने उनीहरु पाँच महिनासम्म सम्बन्धमा रहेको वयान दिएकी थिइन् । अमेरिकामा ‘टिनेजर’ को साथ यौन सम्बन्ध बनाउनु गम्भीर अपराध मानिन्छ । यदी त्यसो गरेमा १० देखि १५ वर्षको जेलसजायको व्यवस्था छ ।