२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिंगै बस्ती : ६ कट्ठा जग्गामा २८ घरधुरी



अ+ अ-

सिरहा । को मिर्चैया नगरपालिकामा दुई दलितबस्ती भूमाफियाले हडपेका छन् । मिर्चैया नगरपालिका–७ फूलबरियामा जम्मा ६ कट्ठा जग्गामा २८ घरधुरी दलित बस्छन् । उनीहरू यहाँ झन्डै ९० वर्षदेखि बसिरहेका छन् । तर, गत वर्ष स्थानीय जनप्रतिनिधिको मिलेमतोमा उनीहरूको जग्गा अरूले खरिद–बिक्री गरिदिएका छन् ।

स्थानीय ६५ वर्षीय घुरन रामका अनुसार सिरहाको कल्याणपुर जब्दीका जग्गाधनी हजारी साहू भनिने रामचन्द्र साहलाई झन्डै ९० वर्षपहिले नै जग्गाको रकम बुझाएर यहाँ बस्ती बसाइएको थियो । उतिवेला जमिनदारले अनेक बहाना बनाएर जग्गा पास गरिदिएनन् । अहिले दिवंगत हजारी साहूका नातिहरू श्रवणकुमार साह, दीपनारायण साह, सत्यनारायण साह, रामेश्वर साहलगायतले ९ मंसिर ०७५ मा धनुषाको सबैला नगरपालिका–१२ रघुनाथपुरका जग्गा कारोबारी सुरेशकुमार महतोलाई दलितबस्ती रहेको ६ कट्ठा जमिन बिक्री गरेको स्थानीयले बताए । वडाध्यक्ष रामकुमार यादवले जग्गामा बस्ती तथा बाटोसमेत नरहेको सिफारिस दिएपछि जग्गा बिक्री भएको हो ।

सिंगै दलितबस्ती जग्गा दलालकहाँ बिक्री भएको सार्वजनिक भएपछि ६ पुस ०७५ मा प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादव, मुख्यन्यायाधिवक्ता दीपेन्द्र झासहितको टोली दलितबस्तीमा पुगेको थियो । उनीहरूले कानुनी प्रक्रियामा गए दलितको मुद्दा निःशुल्क लडिदिने आश्वासन दिएका थिए । तर, अहिले त्यो आश्वासन पूरा नभएको पीडितको गुनासो रहेको खबर आजको नयाँ पत्रिकाले छापेको छ ।