२३ जेष्ठ २०८३, शनिबार
,
Latest
परराष्ट्रमन्त्री खनाल र भारतीय समकक्षी जयशङ्करबीच नयाँ दिल्लीमा भेटवार्ता आइएइएको एक प्रतिवेदनलाई ‘राजनीतिक दबाबको उपकरण’ बनाइनु नहुने इरानको धारणा विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम व्यवस्थापन तीब्र, भिसामा अमेरिकाले विभेद गरेको इरानको आरोप इरानसँग अझै पनि २२ प्रतिशत क्षेप्यास्त्र बाँकीः राष्ट्रपति ट्रम्प बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह चार सय ९२ किलोमिटर दुई लेन सडक कालोपत्र बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन सरकारी निकायमा हुने गरेका ‘सेटिङ’ र बिचौलियातन्त्र क्रमशः अन्त्य हुँदैछ : मन्त्री डा तिमिल्सिना भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन : सचेतक परियार नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

यु-१९ क्रिकेट : ओमानमाथि नेपालको फराकिलो जित



अ+ अ-

काठमाडौं । नेपालले आईसीसी यू–१९ विश्वकप क्रिकेटअन्तर्गत एसिया क्षेत्र छनोटमा ओमानलाई १५० रनको फराकिलो अन्तरले पराजित गरेको छ ।

सेलंगोर टर्फ क्लबमा भएको खेलमा नेपालले दिएको २३० रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको ओमानले ४४=१ ओभरमा सबै विकेटको क्षतिमा ७९ रन मात्रै बनाउन सक्यो ।

ओमानका लागि दुई जना खेलाडीले मात्रै दोहोरो अंकको स्कोर छुन सके । अमानप्रित सिराहले १३ रन बनाए भने जिल तन्नाले १३ रन बनाए ।

ओमानलाई सस्तैमा समेट्ने क्रममा नेपालका पवन सर्राफले तीन विकेट लिए । त्यस्तै, सूर्य तामाङ र प्रतिश जिसीले दुई विकेट लिए ।

टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४३.२ ओभरमा सबै विकेटको क्षतिमा २२९ रन बनाएको थियो । ८१ बलको सामना गरेका कप्तान रोहितकुमार पौडेलले पाँच चौका र दुई छक्का प्रहार गर्दै ७५ रन बनाए ।

त्यस्तै, प्रतिश जिसीले विष्फोटक ब्याटिङ गर्दै ४१ रन बनाए । उनले २३ बलमा चार चौका र दुई छक्का प्रहार गरे ।

ओमानका लागि मुजाहिर राजा, आजम अलि, सञ्जय रविन्द्र र जिल तन्नाले समान २–२ विकेट लिए ।