
मेष : साता निकै राम्रो रहनेछ। व्यापार, व्यवसायमा उन्नति, प्रगति हुनेछ। छात्रछात्रा र खेलाडीहरूका लागि साता राम्रो छ। केही समय मनोरञ्जनमा बित्न सक्नेछ। पारिवारिक सुख र समृद्धि प्राप्त हुनेछ। कृषि, चौपायामा पनि निकै राम्रो छ।
वृष : साता राम्रै तरिकाले बित्ला। नयाँ कार्यको आरम्भ हुन सक्नेछ। परिवारमा केही शुभ माङ्गलिक कार्यहरू हुनेछन्। दाम्पत्य जीवनमा केही अप्ठ्यारा पक्ष रहन सक्नेछन्। मातापिता, कुलकुटुम्बको सहयोग प्राप्त हुनेछ। छात्रछात्राहरूका लागि साता मध्यम छ। धार्मिक कार्यमा सरिक हुने समय रहेको छ। बुधबार र बिहीबार केही विघ्न आए तापनि शुक्रबार र शनिबार त्यो समस्या समाधान भएर जानेछ। देशविदेश र तीर्थयात्राको योग बन्ने अवस्था छ।
मिथुन : साता निकै राम्रो देखिन्छ। व्यापार, व्यवसायमा उन्नति, प्रगति हुनेछ। राजनीतिक र सामाजिक क्षेत्रमा मान, सम्मान, इज्जत, प्रतिष्ठा बढ्नेछ। साहित्य, सङ्गीतका सर्जकहरूका लागि नयाँ आयामका योगहरू देखिन्छन्। जागिरेहरूका लागि भने साता त्यति राम्रो छैन। स्वास्थ्यमा केही समस्या देखिए तापनि छिट्टै निवारण हुनेछ। नयाँ सवारी साधनका योगहरू पनि देखिएका छन्। धार्मिक कार्यमा सरिक हुने साता रहेको छ।
कर्कट : नयाँ कार्यको थालनी हुनेछ। देशविदेशमा घुमफिरका योगहरू पनि देखिन्छन्। आयका स्रोतहरू पनि बन्नेछन्। पारिवारिक सुख, शान्ति, समृद्धिको साता बन्ला। सवारी साधनमा थोरै विचार पुऱ्याउनुपर्ने अवस्था देखिन्छ। मान, सम्मान, इज्जत, प्रतिष्ठा बढ्नेछ। धार्मिक कार्यमा सरिक हुने साता रहेको छ। यात्रा सुखद बन्न सक्नेछ। आफन्त, परिजनका विवाह आदि शुभ माङ्गलिक सरिक हुनुहुनेछ।
सिंह : नयाँ कार्यको थालनी हुन सक्नेछ। जागिरेहरूका लागि साता मध्यम छ। पारिवारिक सुख, शान्ति, समृद्धि मिल्नेछ। यात्रा सुखद रहला। मठ-मन्दिरको दर्शनले जीवनमा उत्साह र उमङ्ग बढ्नेछ। पुराना साथीहरूसँग भेटघाट हुनेछ। छात्र-छात्राहरूका लागि साता निकै राम्रो छ। प्रेमीप्रेमिकाका बीचमा कटुता रहनेछ। आर्थिक पक्षमा आयका स्रोतहरू राम्रै बन्नेछन्। बैंक, वित्तीय संस्थाका व्यक्तिहरूका लागि भने साता मध्यम छ। साहित्य, सङ्गीतका सर्जकहरूका साता राम्रो छ। प्रशासनिक क्षेत्रका व्यक्तिहरूका लागि साता मध्यम छ।
कन्या : आर्थिक उन्नति, प्रगति मध्यम छ। जागिरेहरूले तनाव र अप्ठ्यारा पक्ष झेल्नुपर्नेछ। स्वास्थ्यमा केही समस्या देखापरे पनि निवारण हुने देखिन्छ। चिकित्सकहरूका लागि साता मध्यम छ। मानसिक अशान्तिका योगहरु रहलान्। व्यापार, व्यवसायमा राम्रो छ। साङ्गीतिक क्षेत्रमा पनि निकै राम्रो हुने देखिन्छ। मान, सम्मान, इज्जत, प्रतिष्ठा बढ्नेछ। धार्मिक कार्यमा सरिक हुनुहुनेछ। साथीभाइको विवाहमा सरिक हुनुहुनेछ। यात्रा सुखद र आनन्ददायी हुनेछ। लेनदेनमा राम्रो देखिन्छ। हजुरले खान नहुने चीज बार्नुभयो भने साता निकै राम्रो बित्नेछ।
तुला : सन्तान सुख, शान्ति, समृद्धिको साता छ। पारिवारिक उन्नति, प्रगतिका बाटाहरू बन्नेछन्। व्यापार, व्यवसायमा राम्रो देखिन्छ। आर्थिक पक्षमा उन्नति, प्रगति हुनेछ। शुभ माङ्गलिक कार्यमा सरिक हुने साता रहेको छ। पुराना साथीभाइसँग भेटघाटको योग बन्नेछ। यात्रा मध्यम छ। दाम्पत्य जीवनमा साना कुराहरूमा अप्ठ्यारा पक्ष रहन सक्नेछन्। त्यसमा नअल्झिनुभयो भने राम्रो हुनेछ। कृषि क्षेत्रमा लाभ छ। नयाँ घर, जग्गाजमिन र गृहप्रवेशको योग देखिएको छ।
वृश्चिक : साता निकै राम्रो छ। रोकिएका काम बन्लान्। आर्थिक उन्नति, प्रगतिको वातावरण बन्नेछ। जागिरेहरूको मनमा केही अशान्ति हुनेछ। बैंकिङ क्षेत्रमा काम गर्नेहरूका लागि साता उत्कृष्ट रहेको छ। आय/आर्जनका बाटाहरू बन्नेछन्। छात्रछात्राहरूका लागि साता निकै राम्रो छ। साहित्य, सङ्गीत र कलामा राम्रै देखिन्छ। शिक्षकहरूका लागि साता मध्यम छ। व्यापार, व्यवसायमा पनि मध्यम छ। नयाँ कार्यको थालनी हुने देखिएको छ। सवारी साधनमा सावधानी अपनाउनुपर्नेछ। अमूल्य सामानहरूलाई जोगाउनुपर्नेछ। यो साता हजुरले ूॐ गं गणपतये नमो नमः” १०८ पटक जप्नुभयो भने राम्रो हुनेछ।
धनु : नयाँ कार्यको थालनी होला। व्यापार, व्यवसायमा सफलता मिल्ने देखिएको छ। प्रशासनिक क्षेत्रमा काम गर्नेहरूका लागि साता राम्रो छ। धार्मिक कार्यमा सरिक हुनुहुनेछ। आफन्तहरूको शुभ माङ्गलिक कार्यमा सरिक हुनुपर्नेछ। न्याय क्षेत्रबाट उचित न्याय प्राप्त हुने अवस्था छ। राष्टिय स्तरमा अलिकति समस्या पनि देखापर्न सक्छ। राजनीतिक क्षेत्र मध्यम छ। साहित्य, सङ्गीत, कलाका सर्जकहरूले राम्रो गर्नुहुनेछ। कृषि र चौपाया क्षेत्रमा पनि राम्रो छ। दिएको पैसा फर्कने अवस्था छ।
मकर : नयाँ कार्यको थालनीको योग छ। व्यापारिक क्षेत्रमा काम गर्नेहरूका लागि साता राम्रो छ। न्याय क्षेत्रका कर्मचारीहरूका लागि साता मध्यम देखिन्छ। पारिवारिक सुख, शान्ति, समृद्धि प्राप्त हुनेछ। राजनीतिक र सामाजिक क्षेत्रमा मध्यम लाभ छ। शिक्षा क्षेत्र मध्यम छ। निजी क्षेत्रमा काम गर्नेहरूलाई मानसिक अशान्ति र पीडा होला। कृषि र चौपाया क्षेत्रमा कार्य गर्नेहरूलाई लाभ हुनेछ। प्राविधिक क्षेत्रमा काम गर्नेहरूका लागि कमाइ र उन्नति, प्रगति देखिन्छ। स्वास्थ्यमा विचार पुऱ्याउनुपर्नेछ।
कुम्भ : साता राम्रो छ। रोकिएको काम बन्नेछ। यात्रा सुखद हुनेछ। आयका मार्गहरू प्रशस्त बन्नेछन्। दाजुभाइ र परिवारमा मनमुटाव हुनेछ। व्यापार, व्यवसायमा लाभ छ। प्रेमीप्रेमिकाबीच कटुता र झैझगडाको योग बन्नेछ। धार्मिक कार्यमा सरिक हुने साता रहेको छ। नयाँ कार्यको थालनी होला। तर काममा केही समस्या र अप्ठ्यारा पक्षहरू रहन सक्नेछन्। वित्तीय संस्थामा कार्य गर्नेहरूका लागि साता राम्रो देखिएको छ।
मीन : साता उत्कृष्ट देखिन्छ। आय आर्जनका मार्गहरू प्रशस्त बन्लान्। स्वास्थ्यमा केही समस्या रहनेछ। धार्मिक र माङ्गलिक कार्यमा सरिक हुने साता रहेको छ। दाजुभाइ र परिवारबीचको प्रेम र सद्भाव बढ्नेछ। व्यापारमा मध्यम लाभ छ। राजनीतिक क्षेत्रमा भने केही समस्या उत्पन्न हुन सक्नेछ। पारिवारिक सुख, शान्ति, समृद्धि प्राप्त होला। साहित्य, सङ्गीतमा राम्रो सफलता प्राप्त हुनेछ। खेलाडीहरूका लागि साता उत्कृष्ट देखिन्छ। कृषि क्षेत्रमा लाभ छ। मनमा केही चिन्ता रहन सक्नेछ। यो साता ‘ॐ हुं हनुमते नमः’ मन्त्रलाई १०८ पटक जप्नुभयो भने ग्रहले राम्रो साथ दिनेछ।
डा. उत्तम उपाध्याय न्यौपाने












