
काठमाडौँ । रेल सपना नेपालीका लागि नयाँ होइन । केपी ओली सत्तामा आएपछि मुलुकमा चाँडै रेल ल्याउँछौ भनेर गरेका भाषण निकै पूराना भइसकेका छन् । त्यसैले यति बेला आमजनताको जिज्ञासा छ- भारत वा चीनबाट त्यस्तो रेल काठमाडौँ कहिले आउला ?
चिनियाँ पक्षले प्रतिबद्धताअनुसार रेलमार्ग निर्माणमा पहल गरेको छैन भने भारतीय पक्षले पनि अध्ययन मात्र गरेको छ ।
दुवै तर्फाट काठमाडौँसम्म आउने रेलको सम्भाव्यताको प्रारम्भिक अध्ययन भएको छ । चिनियाँ पक्षले रकमसमेत निकालिसकेको छ भने भारतीय पक्षले सम्भावना रहेको बताएको खबर अन्नपूर्ण पोस्ट् दैनिकमा प्रकाशित छ ।












