२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजदूत रिक्त रहेको नेपाली दूतावासको करोडौँ खर्च



अ+ अ-

काठमाडौँ । संयुक्त अरब इमिरेट्को आवुधावी र मलेसियाको क्वालालम्पुरस्थित नेपाली दूतावासमा लामो समय राजदूत रिक्त रहे पनि राजदूत निवास तथा अन्य सेवासुविधाका नाममा झन्डै ३ करोड रुपैयाँ खर्च गरेको पाइएको छ ।

महालेखा परीक्षकको शुक्रबार सार्वजनिक प्रतिवेदनमा जनाइएअनुसार आबुधाबीस्थित नियोगले राजदूत निवासका नाममा २०७३ वैशाखदेखि २१ महिनाको ‘अनावश्यक घरभाडा तिरेको’ छ ।

यो अवधिमा संयुक्त अरबमा राजदूत पद खाली थियो । पूर्ववर्ती राजदूत धनञ्जय झा २०७२ वैशाखमा पदावधि सकेर फर्केका थिए । यो समाचार आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।