२३ जेष्ठ २०८३, शनिबार
,
Latest
परराष्ट्रमन्त्री खनाल र भारतीय समकक्षी जयशङ्करबीच नयाँ दिल्लीमा भेटवार्ता आइएइएको एक प्रतिवेदनलाई ‘राजनीतिक दबाबको उपकरण’ बनाइनु नहुने इरानको धारणा विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम व्यवस्थापन तीब्र, भिसामा अमेरिकाले विभेद गरेको इरानको आरोप इरानसँग अझै पनि २२ प्रतिशत क्षेप्यास्त्र बाँकीः राष्ट्रपति ट्रम्प बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह चार सय ९२ किलोमिटर दुई लेन सडक कालोपत्र बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन सरकारी निकायमा हुने गरेका ‘सेटिङ’ र बिचौलियातन्त्र क्रमशः अन्त्य हुँदैछ : मन्त्री डा तिमिल्सिना भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन : सचेतक परियार नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रचण्ड लाई झट्का : कारबाहीको माग गर्दै राष्ट्रसंघमा ज्ञापनपत्र बुझाए



अ+ अ-

काठमाडौं । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्ध तत्कालिन माओवादीका बाल लडाकु लेलिन विष्टले राष्ट्र संघमा ज्ञापनपत्र बुझाएको दाबी गरिएको छ । उनी बहिर्गमित लडाकुका नेता पनि हुन् ।

संयुक्त राष्ट्र संघकी विशेष प्रतिनिधि भर्जिनिया गम्बालाई विष्टले बेल्जियमको ब्रसेल्समा ज्ञापनपत्र बुझाउदै आफ्ना हकहित संरक्षणका साथै त्यसबेला बाल सैनिक बनाउने नेतृत्वमाथि कारबाहीको माग गरेको बताइएको छ ।

के छ ज्ञापनमा ?

–तीन हजार भन्दा बढी बाल सैनिकको प्रयोग गरी युद्ध गर्न लगाएको तर उचित व्यवस्थापन नगरेको

–सेना समायोजनका क्रममा बाल सैनिक भनी अयोग्य पारिएको तर राज्य र माओवादी दुवैले शिक्षा, स्वास्थ्यलगायतका विषयमा ध्यान नदिएको

–युद्धमा बालबालिकाको प्रयोग रोक्न, आफूमाथि लगाएको ट्याग हटाउनुका साथै तत्कालिन नेतृत्वमाथि अन्तर्राष्ट्रिय दबाब सृजना गर्नुपर्नेमा त्यसो नभएको