२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

बारा र पर्सामा हुरीबाट कृषि र पशुपन्छी क्षेत्रमा करिब ५१ करोड क्षति



अ+ अ-

काठमाडौं । बारा र पर्सामा आएको हुरीबाट कृषि र पशुपन्छी क्षेत्रमा करिब ५१ करोड क्षति भएको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयले बिहीबार सार्वजनिक गरेको अध्ययन प्रतिवेदनअनुसार कृषि र पशुपन्छी क्षेत्रमा ५० करोड ७९ लाख ३२ हजार सात सय रुपैयाँ क्षति भएको छ।

मन्त्रालयका वरिष्ठ कृषि अर्थ विज्ञ तथा उपसचिव गंगा आचार्यले चैत १७ गते आएको हुरीबाट कृषितर्फ ५० करोड तीन लाख ४९ हजार सात सय र पशुपन्छीतर्फ ७५ लाख ८३ हजार रुपैयाँबराबरको क्षति भएको हो। क्षतिको अध्ययन गर्न स्थानीय कृषि ज्ञान केन्द्रलाई परिचालन गरिएको थियो। हुरीका कारण सयौं बासिन्दाको कृषि र पशुपन्छी पेसा नै गुमेको छ।

हुरीबाट बारा र पर्साका १० वटा स्थानीय तहका २२ वटा वडामा क्षति भएको थियो। यसअनुसार बाराको कलैया उपमहानगरपालिका वडा १२ र १८, फेटा गाउँपालिकाका वडा १, ६ र ७, सुवर्ण गाउँपालिकाका वडा १, ४, ५ र ८, प्रसौंनी गाउँपालिकाको वडा ४ र महागढीमाई नगरपालिका वडा ७ मा ठूलो क्षति पुगेको छन। यसैगरी देवताल गाउँपालिको वडा ७, पचरौंता नगरपालिका वडा २ र ७ र परवानीपुर गाउँपालिका वडा ४ का किसानले कृषि तथा पशुपन्छीतर्फ क्षति व्यहोरेका छन्। यस्तै पर्साको वीरगन्ज महानगरपालिका वडा १८ र २२ तथा वौद्दारमाई नगरपालिकाको वडा ४मा क्षति भएको छ।।

मन्त्रालयको प्रतिवेदनअनुसार हुरीबाट बारामा ९ सय ३६ घर र पर्सामा एक सय २२ घर गरी एक हजार पाँच सय ५८ घर पूर्णरूपमा क्षति भएको छ। यस्तै बारामा ९ सय ५५ र पर्सामा तीन सय ८७ वटा घरमा आंशिक क्षति भएको छ। हुरीका कारण ११ जना महिला, १० पुरुष र ६ जना बालबालिकाले ज्यान गुमाएका थिए।

बारा र पर्सामा गरी चार हजार पाँच सय ५२ हेक्टरको बाली ९गहुँ, मकै, दाल, तरकारी र फलफूल० मा क्षति पुगेको छ। यसमध्ये एक हजार चार सय ३५ हेक्टरको पूर्णरूपमा र तीन हजार एक सय १६ हेक्टरको बालीमा आंशिक क्षति भएको छ। बारामा एक हजार ९६ हेक्टरको बाली र पर्साको तीन सय ३९ हेक्टरको बाली नष्ट भएको छ। आंशिक रूपमा बारातर्फ एक हजार सात सय २८ हेक्टर र पर्सातर्फ एक हजार तीन सय ८८ हेक्टरको बाली नष्ट भएको छ।

प्रतिवेदनअनुसार ती दुवै जिल्लामा १० करोड मूल्यको दुई हजार सात सय ९१ हेक्टरको गहुँबालीमा क्षति भएको छ। यस्तै मकैतर्फ चार करोड ८८ लाख मूल्यको पाँच सय १३ हेक्टरको मकैबाली नष्ट भएको छ। दुई करोड ६६ लाख ७६ हजार मूल्यको तीन सय २३ हेक्टरको तरकारीबाली नष्ट भएको छ। यस्तै एक करोड ८४ लाख ४६ हजार मूल्यको ६ सय ३४ हेक्टरको दालबाली र २९ करोड ७३ लाख मूल्यको दुई सय ८९ हेक्टरको फलफूल बाली नष्ट भएको छ।

अध्ययन प्रतिवेदनअनुसार दुवै जिल्लामा गरी गाईतर्फ १० लाख ५० हजार मूल्यबराबरको क्षति भएको छ। भैंसीतर्फ २७ लाख, बाख्रा तथा खसीतर्फ १५ लाख, गाईभैंसीको बच्चातर्फ एक लाख, बाख्राका पाठापाठीतर्फ ७० हजार, कुखुरातर्फ २० लाख र हाँसतर्फ एक लाख ६३ हजार गरी ७५ लाख ८३ हजार मूल्यबराबरको क्षति भएको छ।

मन्त्रालयअनुसार बारा र पर्सामा १० हजार चार सय ९४ वटा पशुपन्छी ९गाई, भैंसी, बाख्रा, कुखुरा र हाँस० मारिएका छन्। यस्तै दुई सय ९६ वटा पशुपन्छी घाइते भएका छन्। बच्चासहित एक सय १४ बाख्रा र खसी, १४ गाई र ३० भैंसी, १० हजार कुखुरा र तीन सय २६ हाँस हुरीका कारण मारिएका थिए। यस्तै एक सय ८२ बाख्रा र खसी, २९ गाई, ७३ भैंसी र १२ बच्चा घाइते भएका थिए। मन्त्रालयले पीडितलाई पुनस्र्थापना गर्न प्रदेश सरकारको सहयोगमा राहत उपलब्ध गराउन गृहकार्य गरिरहेको उपसचिव आचार्यले जानकारी दिए। अन्नपूर्णबाट ।