२३ जेष्ठ २०८३, शनिबार
,
Latest
परराष्ट्रमन्त्री खनाल र भारतीय समकक्षी जयशङ्करबीच नयाँ दिल्लीमा भेटवार्ता आइएइएको एक प्रतिवेदनलाई ‘राजनीतिक दबाबको उपकरण’ बनाइनु नहुने इरानको धारणा विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम व्यवस्थापन तीब्र, भिसामा अमेरिकाले विभेद गरेको इरानको आरोप इरानसँग अझै पनि २२ प्रतिशत क्षेप्यास्त्र बाँकीः राष्ट्रपति ट्रम्प बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह चार सय ९२ किलोमिटर दुई लेन सडक कालोपत्र बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन सरकारी निकायमा हुने गरेका ‘सेटिङ’ र बिचौलियातन्त्र क्रमशः अन्त्य हुँदैछ : मन्त्री डा तिमिल्सिना भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन : सचेतक परियार नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

लिच्छवीकालीन समयदेखि मनाइदै आएको विस्केट जात्रा सुरु



अ+ अ-

काठमाडौं । लिच्छवीकालीन समयदेखि मनाइदै आएको टोखाको विस्केट जात्रा भोलीदेखि सुरु हुने भएको छ । यस जात्रालाई नयाँ वर्षसंग जोडिएर मनाउने गरिन्छ ।

बैशाख १ गतेको चार दिन अगाडिबाट हुने जात्रामा सपनतीर्थ मन्दिर परिसरको त्रिवेणी र दूधवेनी खोलाको संगम स्थललाई थुनि पोखरी बनाइने गरिन्छ । सो पोखरीमा ४ दिनमा जसरी पनि पानी भरिएकै हुनुपर्ने छ चैत्र मसान्तको दिनमा बिहानैदेखि नुहाइ धुवाइ गरी मीठो भोजन गरी अधिकांश बागद्धार जान्छन र बेलुका श्री सपनतीर्थ विनायक श्री चण्डेश्वरी माईको मूर्तिलाई खटमा राखी चिलाख(मुस्या प्वाः)प्रज्ज्वलन गरी बाजागाका साथ टोखा नगर परिक्रमा गराईन्छ ।

बैशाख १ गते नयाँबर्ष आगमनको रात एकदुइ बजे सपन विनायकको माता संकटामाईले सपनतीर्थ पोखरीमा स्नान गरेको केही संकेत आएपश्चात स्नान गर्न शुरु गरीन्छ । त्यतिञ्जेल सम्म चराचुरुङ्गीहरुले समेत पोखरीमा डुवुल्की नमारोस भनि पोखरीको चारैतिर बसि पहरा दिने चलन छ ।उक्त शिद्ध पोखरीमा स्नान गर्दा कुष्ठरोग निकोहुने जन बिस्वासको आधारमा लाखौं भक्तजनहरु मेला भर्न आउने गर्दछन ।

मेला भरी सकेपछि टोखा बजारमा दिन भरि नै बिभिन्न ठाउँबाट आई लोकदोहोरीका साथ नाचगान गरी रमाइलो गरिन्छ । सोही दिन बेलुका ४ बजेतिर मसानकाली माई मन्दिर परिसर भुतखेल चौरको भुमिमा उत्पादन हुने सम्पूर्ण खाद्यान्न अन्न वीजहरु र चराचुरुङ्गीको प्रतिमा ल्याइ आचायजुबाट होम गरिन्छ ।

बैशाख २ गते बिहान सबै देवगणहरु चण्डेश्री,सपनतीर्थ,महादेव, सरस्वती, मसानकाली, गणेश, कोथु गणेश आ–आफ्नो आशन एलागटोल बिसाइन्छ ।

सरकारी पुजा र जीवित देवी गणेश कुमारी आगमन संगै सिन्दुर जात्रा सुरु हुन्छ टोखा नगर परिक्रमा गरी थनेलाछीमा आ–आफ्नो आशनमा बिसाइन्छ। रातभर भजन कीर्तन गरिन्छ र जात्रा नाग संग सम्बधित भएकोले या प्याखँ नाच र नाग प्याखँ नाच देखाइन्छ ।दियो बत्ती दिनेको भीड हुने गर्छ।

बैशाख ३ गते बिहानै सिन्दुर जात्रा सहित रथ बोकी टोखा नगर परिक्रमा गरी हासलेमा आ–आफ्नो आशनमा सबै रथहरु बिसाइन्छ । दिनभर पूजा–आजा भजन कीर्तन सहित पुनः ४ बजेतिर सरकारी पुजा र जीवित देवी गणेश कुमारी आगमन संगै सिन्दुर जात्रा गरी सरस्वती चौरमा रहेको पोखरीमा सबै देवदेवीहरुलाई स्नान गर्ने चलन छ ।

त्यस पश्चात भुतखेलमा अवस्थित मसानकाली माईको मन्दिर परिक्रमा गराई फर्केपछि सरस्वती चौरमा पिगंन्द्यो र कोथु गणेद्योबाट बाटो छेकी केही समय रमाइलो गर्ने चलन छ ।

त्यस पश्चात टोखा नगर परिक्रमा गराई कोनेलाछीमा आ–आफ्नो आशनमा सबै रथहरु बिसाइन्छ । रातभर भजन कीर्तन गरि दवलीमा या प्याखँ र नाग प्याखँ देखाइन्छ ।दियो बत्ती दिनेको भीड हुने गर्छ ।

बैशाख ४ गते बिहानै सिन्दुर जात्रा सहित रथ बोकी टोखा नगर परिक्रमा गरी गछें टोलमा आ–आफ्नो आशनमा सबै रथहरु बिसाईन्छ ।

दिनभर पूजा–आजा भजन कीर्तन गरिन्छ । दिउँसो ४ बजे सिन्दुर जात्रा गरी टोखा नगर परिक्रमा गरी सबै रथहरु कोने लाछीमा जम्मा भई रमाईलो गरे पश्चात आ–आफ्नो देवघरमा रथ आफ्नो पालो भएको घरमा विधिवत रुपमा मुर्ति भित्रयाईन्छ । टोखा बिस्का नख बिधिवत रुपमा समापन हुन्छ ।