
काठमाडौं । यो वर्षको एसईई परीक्षाको परीक्षाफल ढिलो हुने सम्भावना भएको छ । कर्मचारीको अभावामा परीक्षाफल प्रकाशित हुन ढिलो हुने भएको हो ।
२६ जिल्लाका शिक्षा समन्वय समिति प्रमुखको संघ र प्रदेशमा समायोजन भएकोले ती जिल्लामा कस्ले उत्तरपुस्तिका बुझ्ने भन्ने विषयान टुङ्गै लागेको छैन ।
२६ जिल्लाका शिक्षा प्रमुख अभाव हुने भएपछि परीक्षाफल प्रकाशित गर्न समस्या हुने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । परीक्षा नियन्त्रक विष्णुप्रसाद अधिकारीले कर्मचारी नभएकाले कतिपय जिल्लामा उत्तर पुस्तिका बुझ्नै समस्या भएको जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो–कर्मचारीको चरम अभाव देखिएको छ, कसरी समयमै परीक्षाफल प्रकाशित गर्ने रु
कतिपय जिल्लामा उत्तरपुस्तिका बुझ्ने कर्मचारी नै छैनन् । समायोजनमा परेका कर्मचारी संघ र स्थानीयमा जान थालिसकेका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले एसइइ अवधीभर कुनै पनि जिल्ला शिक्षा समन्वय कार्यालयका कर्मचारीलाई समायोजनमा परेको जिल्ला नजान आग्रह गरेको थियो । यो खबर आजको नेपाल समाचारपत्रमा छ ।












