२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

साउदीबाट मृतकका परिवारलाई अढाइ करोड



अ+ अ-

काठमाडौं । रोजगारको क्रममा ज्यान गुमाएका श्रमिकका हकदारले पाउने गरी साउदी अरेबियाबाट करिब दुई करोड ३५ लाख रुपैयाँ (सात लाख ९८ हजार पाँच सय ७६ रियाल) आएको छ ।

लामो समयअघि रोजगारीको क्रममा श्रमिकले ज्यान गुमाए पनि बिमा, ब्लड मनी लगायतको रकम निकासा नगरिँदा मृतकका आफन्त अन्यायमा पर्दै आएका थिए । साउदीस्थित नेपाली दुतावासले जनाएअनुुसार विभिन्न कारणले ज्यान गुमाएका व्यक्तिका हकदारले पाउने गरी उक्त रकम (सात लाख ९८ हजार पाँच सय ७६ रियाल) परराष्ट्र मन्त्रालयको खातामा जम्मा भइसकेको छ ।

श्रम स्वीकृति निकालेको संख्याको आधारमा साउदी अरेबिया यतिखेर दोस्रो गन्तव्यमा छ । साढे १० महिनादेखि सरकारले मलेसिया रोजगार बन्द गरेपछि साउदी दोस्रो नम्बरमा उक्लिएको हो । श्रमिक जाने संख्याको आधारमा विगतमा साउदी तेस्रो स्थानमा रहने गर्थ्यो । खबर नागरिक दैनिकमा प्रकाशित छ ।