काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्षमा पराजित कमल थापा समूहको भेला याक एण्ड यति होटेलबाट आइतबार बिहान बसेको थियो ।
मतपरिणाम अनुसार राजेन्द्र लिङ्देनसँग पराजित भएलगत्तै मतपरिणामको समिक्षा गर्न सो समूह याक एण्ड यतिमा भेला भएको थियो ।
भेला सकिएर अध्यक्ष कमल थापा पूर्वराजा ज्ञानेन्द्र शाहलाई ‘नबोक्ने’ निष्कर्षसहित बाहिरिएका छन् ।
अध्यक्ष लिङदेन, उपाध्यक्ष विक्रम पाण्डे र महामन्त्री धवल शमशेर राणाबाहेकका अन्य विजयी पदाधिकारीसहित अधिकांश केन्द्रीय सदस्य उपस्थित रहेको समीक्षा बैठकका अधिकांश सदस्यले पूर्वराजा शाहले धोका दिएको निष्कर्ष निकालेका छन् ।
सो समूहले संवैधानिक राजतन्त्रको वकालत गरे पनि ज्ञानेन्द्र शाहको पक्षमा भने नखुल्ने र अजेन्डा नबोक्ने निष्कर्ष निकालेका छन् ।












