२४ जेष्ठ २०८३, आईतवार
,
Latest
काठमाडौंमा तीन नयाँ लक्जरी होटल सञ्चालनका लागि म्यारियट र सीजीबीच सम्झौता लागुऔषध ब्राउनसुगरसहित दुई जना पक्राउ गाउँका विभेदकारी नाम परिवर्तन अभियानमा स्थानीय तह किमाथाङ्कामा शुक्रबारदेखि इन्टरनेट सेवा बन्द ‘आइतबारको बिदा खारेज गर्न लागिएको होइन’ ‘ददीराम सापकोटाद्वारा लिखित त्यो नेपाल’नामक पुस्तक  विमोचन युद्ध अन्त्यका लागि मध्यस्थता गर्न पाकिस्तानी अधिकारी तेहरानमा मन्त्री चौधरीद्वारा झापाको बाहुनडाँगीमा स्थलगत निरीक्षण सङ्खुवासभामा विपन्न वर्गका १५ जनाको निःशुल्क शल्यक्रिया समग्र स्वास्थ्य क्षेत्रको सुधारमा सरकारले जोड दिइरहेको छः मन्त्री मेहता
तपाईं के खोज्दै हुनुहुन्छ ?

छत्तिसगढमा फेरी हमाला, चार सैनिकको मृत्यु



अ+ अ-

काठमाडौं । माओवादी विद्रोहीहरुले थापेको विद्युतीय धरापमा परी छत्तिसगढमा कम्तीमा चार सैनिकको मृत्यु भएको छ ।

आम निर्वाचन अन्तर्गत मतदानको दिन आउन झण्डै एक हप्ता बाँकी रहँदा माओवादीले थापेको धरापमा परी गस्तीमा रहेका सैनिकहरु मारिएका हुन् ।

छत्तिसगढ प्रदेशको कान्केर जिल्लामा पैदल गस्तीमा रहेका बेला उनीहरुमाथि आक्रमण भएको अधिकारीहरुले जनाएका छन् । आक्रमणमा परी अरु ६ जना घाइते भएका छन् ।

घटना भएको ठाउँ निकै दुर्गम भएकाले थप विवरणहरु आउन बाँकी रहेको प्रदेश प्रहरी प्रमुख डि एम अवस्थीले बताए ।

भारतमा सरकारी सुरक्षाकर्मी र माओवादी विद्रोहीहरुबीच दशकौंदेखि द्वन्द्व भइरहेको छ । यही द्वन्द्वबीच भारतमा यही अप्रिल ११ देखि मे १९ सम्म सात चरणमा देशभरी आम निर्वाचन हुन लागेको छ ।

माओवादी विद्रोहीहरुले अहिले हुन लागेको निर्वाचन बहिस्कार गर्न आह्वान गरेका छन् । उनीहरुले मतदानका दिन थप हिंसा भड्किन सक्ने चेतावनी समेत दिएका छन् ।

भारतको कम्तीमा २० ओटा राज्यमा माओवादी विद्रोहीहरुको उपस्थिति रहेको विश्वास गरिन्छ । ती मध्ये छत्तिसगढ, उडिसा, बिहार, झारखण्ड र महाराष्ट्र बढी प्रभावित भएको मानिन्छ ।

विद्रोही माओवादीहरुले पछाडि पारिएको समुदाय र जमिन विहिन किसानहरुका लागि आफूहरुले विद्रोह गर्नु परेको बताउने गरेका छन् ।

सरकारी पक्ष र विद्रोही पक्षको द्वन्द्वमा परी अहिले सम्म हजारौको मृत्यु भइसकेको अधिकारीहरुले बताएका छन् । माओवादी विद्रोहीको बढी प्रभाव रहेको ठाउँमा सरकारले सैन्य अभियानहरु चलाएको छ । राजधानी दैनिकमा खबर छ ।