२४ जेष्ठ २०८३, आईतवार
,
Latest
काठमाडौंमा तीन नयाँ लक्जरी होटल सञ्चालनका लागि म्यारियट र सीजीबीच सम्झौता लागुऔषध ब्राउनसुगरसहित दुई जना पक्राउ गाउँका विभेदकारी नाम परिवर्तन अभियानमा स्थानीय तह किमाथाङ्कामा शुक्रबारदेखि इन्टरनेट सेवा बन्द ‘आइतबारको बिदा खारेज गर्न लागिएको होइन’ ‘ददीराम सापकोटाद्वारा लिखित त्यो नेपाल’नामक पुस्तक  विमोचन युद्ध अन्त्यका लागि मध्यस्थता गर्न पाकिस्तानी अधिकारी तेहरानमा मन्त्री चौधरीद्वारा झापाको बाहुनडाँगीमा स्थलगत निरीक्षण सङ्खुवासभामा विपन्न वर्गका १५ जनाको निःशुल्क शल्यक्रिया समग्र स्वास्थ्य क्षेत्रको सुधारमा सरकारले जोड दिइरहेको छः मन्त्री मेहता
तपाईं के खोज्दै हुनुहुन्छ ?

खाद्यान्नको आयात २० प्रतिशतले वृद्धि



अ+ अ-

काठमाडौं । सरकारले खाद्यान्नमा आत्मनिर्भर हुने भन्दै विभिन्न योजना अघि सारे पनि नेपालमा खाद्यान्न खायात भने बर्सेनी बढ्दै गएको छ । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको तथ्यांकअनुसार पछिल्लो समय खाद्यान्न आयात बढ्दै गएको हो । केन्द्रका अनुसार चालू आर्थिक वर्षको सात महिनामा खाद्यान्न आयातमा २० प्रतिशतले आयात बढेर ३२ अर्ब ५२ करोड २१ लाख १ हजार रुपैयाँ बराबरको आयात भएको हो ।

कृषि तथा पशुपंक्षी मन्त्रालयले मुलुक खाद्यान्नमा आत्मनिर्भर हुनका लागि विभिन्न कार्यक्रम सार्जजनिक गरे पनि आयातले माग धान्न नसकेपछि खाद्यान्नको आयात बढ्दै गएको देखिन्छ । अधिकांश खाद्यान्नको खायात छिमेकी मुलुक भारतबाट हुने गर्दछ । आयात बढ्दै गए पनि निर्यात भने न्यून छ । पछिल्लो सात महिनामा ३२ अर्ब रुपैयाँ बराबरको खाद्यान्न आयात भएको खबर कारोबार दैनिकमा प्रकाशित छ ।