२४ जेष्ठ २०८३, आईतवार
,
Latest
काठमाडौंमा तीन नयाँ लक्जरी होटल सञ्चालनका लागि म्यारियट र सीजीबीच सम्झौता लागुऔषध ब्राउनसुगरसहित दुई जना पक्राउ गाउँका विभेदकारी नाम परिवर्तन अभियानमा स्थानीय तह किमाथाङ्कामा शुक्रबारदेखि इन्टरनेट सेवा बन्द ‘आइतबारको बिदा खारेज गर्न लागिएको होइन’ ‘ददीराम सापकोटाद्वारा लिखित त्यो नेपाल’नामक पुस्तक  विमोचन युद्ध अन्त्यका लागि मध्यस्थता गर्न पाकिस्तानी अधिकारी तेहरानमा मन्त्री चौधरीद्वारा झापाको बाहुनडाँगीमा स्थलगत निरीक्षण सङ्खुवासभामा विपन्न वर्गका १५ जनाको निःशुल्क शल्यक्रिया समग्र स्वास्थ्य क्षेत्रको सुधारमा सरकारले जोड दिइरहेको छः मन्त्री मेहता
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘सरकारको मिडिया सिध्याउने खेल’



अ+ अ-

काठमाडौँ । नेपाल मिडिया सोसाइटीले सरकारका प्रेसविरोधी कदमले मिडिया बन्द नहुने जनाएको छ । सोसाइटीले सूचना तथा सञ्चार मन्त्रालय र सूचना विभागले प्रेस प्रतिनिधि प्रमाणपत्र वितरणमा लगाएको प्रतिबन्धबाट मिडिया बन्द नहुने जनाएको हो ।

‘मिडिया विश्वास र आस्थाको पुँजी हो । सरकारको प्रेसविरोधी कदमले हाम्रा मिडिया बन्द हुने छैनन् । दुस्वप्ना नदेखे हुन्छ,’ सोसाइटीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

सोसाइटीले प्रेसविरोधी, प्रेसलाई नियन्त्रण गर्ने कुनै पनि प्रकारका आदेश र निर्देशन तत्काल सच्याउन सरकारलाई आग्रह गरेको छ । यो समाचार आजको नागरिक दैनिकमा छ ।