२४ जेष्ठ २०८३, आईतवार
,
Latest
काठमाडौंमा तीन नयाँ लक्जरी होटल सञ्चालनका लागि म्यारियट र सीजीबीच सम्झौता लागुऔषध ब्राउनसुगरसहित दुई जना पक्राउ गाउँका विभेदकारी नाम परिवर्तन अभियानमा स्थानीय तह किमाथाङ्कामा शुक्रबारदेखि इन्टरनेट सेवा बन्द ‘आइतबारको बिदा खारेज गर्न लागिएको होइन’ ‘ददीराम सापकोटाद्वारा लिखित त्यो नेपाल’नामक पुस्तक  विमोचन युद्ध अन्त्यका लागि मध्यस्थता गर्न पाकिस्तानी अधिकारी तेहरानमा मन्त्री चौधरीद्वारा झापाको बाहुनडाँगीमा स्थलगत निरीक्षण सङ्खुवासभामा विपन्न वर्गका १५ जनाको निःशुल्क शल्यक्रिया समग्र स्वास्थ्य क्षेत्रको सुधारमा सरकारले जोड दिइरहेको छः मन्त्री मेहता
तपाईं के खोज्दै हुनुहुन्छ ?

बारमा वाम वचस्व



अ+ अ-

काठमाडौं । नेपाल बार एशोसिएसनमा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट कानून व्यवसायी विजयी भएका छन् । २५ सदस्यीय कार्यसमितिमा अध्यक्ष सहित २३ जना प्रगतिशिल समुह निर्वाचित भएको छ ।

३ वर्षे कार्यकालको २५ सदस्यीय कार्यसमितिमा वाम–प्रगतिशिल समुहले अध्यक्ष सहित ७ उपाध्यक्ष, कोषाध्यक्ष र १४ सदस्य निर्वाचित भएका छन् ।

विहीवार अपरान्ह्र सार्वजनिक भएको मत परिणाम अनुसार प्रगतिशिल समुहका चन्डेश्वर श्रेष्ठ ४ हजार २२ मतका साथ अध्यक्षमा विजयी हुनु भएको छ । उहाँका निकटतम प्रतिद्धन्द्धी लोकतान्त्रिक समुहका सुनिल पोखरेलले ३ हजार ८ सय ७३ मत प्राप्त गरे ।

महासचिव र प्रदेश ५ को उपाध्यक्षमा भने लोकतान्त्रिक समुहले जितेको छ । लोकतान्त्रिक समुहका लीलामणि पौडेल ४ हजार १ सय ७८ मतका साथ महासचिवमा विजयी भएका छन् भने उनका प्रतिद्धन्द्धी प्रगतिशिलका सुरेन्द्र बहादुर थापाले ३ हजार ७ सय १ मत पाएका छन् । प्रदेश ५ को उपाध्यक्षमा सुनिल कुमार श्रेष्ठ ३ हजार ९ सय ८६ मतका साथ विजयी भएका छन् । उनका प्रतिस्पर्धी प्रगतिशिलका लिलाधर मरासिनीले ३ हजार ८ सय ५७ मत प्राप्त गरेका छन् । यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।