२४ जेष्ठ २०८३, आईतवार
,
Latest
काठमाडौंमा तीन नयाँ लक्जरी होटल सञ्चालनका लागि म्यारियट र सीजीबीच सम्झौता लागुऔषध ब्राउनसुगरसहित दुई जना पक्राउ गाउँका विभेदकारी नाम परिवर्तन अभियानमा स्थानीय तह किमाथाङ्कामा शुक्रबारदेखि इन्टरनेट सेवा बन्द ‘आइतबारको बिदा खारेज गर्न लागिएको होइन’ ‘ददीराम सापकोटाद्वारा लिखित त्यो नेपाल’नामक पुस्तक  विमोचन युद्ध अन्त्यका लागि मध्यस्थता गर्न पाकिस्तानी अधिकारी तेहरानमा मन्त्री चौधरीद्वारा झापाको बाहुनडाँगीमा स्थलगत निरीक्षण सङ्खुवासभामा विपन्न वर्गका १५ जनाको निःशुल्क शल्यक्रिया समग्र स्वास्थ्य क्षेत्रको सुधारमा सरकारले जोड दिइरहेको छः मन्त्री मेहता
तपाईं के खोज्दै हुनुहुन्छ ?

दुई हजार घर क्षतिग्रस्त



अ+ अ-

वीरगञ्ज । बारा र पर्सामा असिनापानीसहित आइताबार आएको विनाशकारी हावाहुरीमा भएको धनजनको क्षतिको पूर्ण विवरण आउन अझै केही समय लाग्ने भएको छ । क्षतिको प्रारम्भिक विवरण भने तयार भएको छ । बारा र पर्सामा दुई हजारभन्दा बढी घर बस्न नहुने गरी पूर्ण क्षति भएका छन् ।

जिल्ला प्रशासन कार्यालय बाराले तयार पारेर गृह मन्त्रालयलाई बुझाएको प्रारम्भिक विवरण अनुसार बारामा मात्र हावाहुरीका कारण एक हजार ८९५ घरमा पूर्ण क्षति पुगेको छ । यसैगरी ९५५ घरमा भने आंशिक क्षति भएको छ । हावाहुरीले तीनवटा इँटा उद्योग र एक स्वास्थ्य चौकीमा समेत क्षति पु¥याएको छ । पर्सामा भने ४३७ घर क्षतिग्रस्त भएका छन् ।

हावाहुरीले सबैभन्दा धेरै क्षति बाराको परवानीपुरको वडा नम्बर–४ का चैनपुर, शिवपुर, रामटोल, बिर्ताटोल रहेका छन् । त्यहाँ ५४८ घरमध्ये तीन सय पूर्ण क्षति र २४८ आंशिक क्षति पुगेको हो । यसैगरी सुर्वण गाउँपालिकाको वडा नम्बर १, ४, ५, ८ मा गरी ४३४ घरमा क्षति भएको छ । पूर्ण क्षति २६१ र १७३ घरमा आंशिक क्षति भएको गोरखापत्र दैनिकमा खबर छ ।