२४ जेष्ठ २०८३, आईतवार
,
Latest
काठमाडौंमा तीन नयाँ लक्जरी होटल सञ्चालनका लागि म्यारियट र सीजीबीच सम्झौता लागुऔषध ब्राउनसुगरसहित दुई जना पक्राउ गाउँका विभेदकारी नाम परिवर्तन अभियानमा स्थानीय तह किमाथाङ्कामा शुक्रबारदेखि इन्टरनेट सेवा बन्द ‘आइतबारको बिदा खारेज गर्न लागिएको होइन’ ‘ददीराम सापकोटाद्वारा लिखित त्यो नेपाल’नामक पुस्तक  विमोचन युद्ध अन्त्यका लागि मध्यस्थता गर्न पाकिस्तानी अधिकारी तेहरानमा मन्त्री चौधरीद्वारा झापाको बाहुनडाँगीमा स्थलगत निरीक्षण सङ्खुवासभामा विपन्न वर्गका १५ जनाको निःशुल्क शल्यक्रिया समग्र स्वास्थ्य क्षेत्रको सुधारमा सरकारले जोड दिइरहेको छः मन्त्री मेहता
तपाईं के खोज्दै हुनुहुन्छ ?

विमानस्थल बन्द : एक सय ७० यात्रुलाई विमानभित्रै राखियो



अ+ अ-

काठमाडौं । एक सय ७४ यात्रु बोकेर मंगलबार राति दुबई उड्नुपर्ने नेपाल वायुसेवा निगमको विमान व्यवस्थापकीय लापरबाहीका कारण ११ घण्टा पछि बुधबार विहान मात्रै उड्यो। जहाज बेलैमा नउडाउँदा १ सय ५० भन्दा बढी यात्रु ८ घण्टासम्म पार्किङवेमा राखिएको विमानभित्रै बस्न बाध्य भए।

जहाज नउड्ने भएपछि यात्रुलाई निकाल्न निगमका कर्मचारीलाई हम्मेहम्मे परेको थियो। विमानस्थल प्रहरीका अनुसार यात्रुले निगमविरुद्ध नारावाजी गरेका थिए।

केहीले जहाजमा राखेको मिल (खाना)आफैँ निकालेर खाए। उडानमा अधिकांश नेपाली कामदार थिए। निगम श्रोतका अनुसार विमानको उडान समय सवा ९ बजे थियो। तर उडेन। एयर ट्राफिक कन्ट्रोलर (एटिसी)ले नियमले नमिल्ने भएकाले राती १० बजेपछि अनुमति दिएन।

चैत १८ देखि विमानस्थल सुधारको निर्माण कार्य सुरु भइसकेकाले राती १० बजेदेखि बिहान ८ बजेसम्म विमान उडानमा रोक लगाइएको छ। यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।