२३ जेष्ठ २०८३, शनिबार
,
Latest
बाग्लुङकाे ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु पोखरा बसपार्क अतिक्रमण हटाउन स्थानीयको सक्रियता, संरचना आफैं भत्काउन सुरु (तस्बिरसहित) परराष्ट्रमन्त्री खनाल र भाजपाका विदेश विभाग प्रमुखबीच भेटवार्ता एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने पोर्चुगलमा टुङ्गियो एनआरएनए विवाद, सुजन लामा नेतृत्वको समितिलाई सरकारी मान्यता तीन तहको सरकारमा समन्वयको अभाव छः अध्यक्ष दाहाल बागमती प्रदेशले गर्‍यो पाँच सहकारीका ११४ ठूला ऋणीको नाम सार्वजनिक सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन सभापति लामिछानेले भनेः योगदानको हिसाब–किताब खोज्ने प्रवृत्ति पार्टी जीवनका लागि हितकर हुँदैन कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल
तपाईं के खोज्दै हुनुहुन्छ ?

मौसम बिभागले भन्यो : फेरी हावाहुरी र वर्षा हुन्छ सचेत हुनुहोला !



अ+ अ-

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले बुधबार मुलुकमा विभिन्न भागका केही स्थानमा मेघ गर्जनसहित हावाहुरी र वर्षा हुने अनुमान गरेको छ । हावाहुरीले क्षमताबारे भने महाशाखाले प्रस्ट्याएको छैन् । महाशाखाकी मौसमविद् शान्ति कँडेलले हावाहुरीको गति र क्षमता भन्न नसकिने बताउनुभयो ।

प्रि–मनसुनका बेला मेघजर्गनसहित चट्याङ र वर्षासँगै हावासमेत चल्ने भएकाले सर्वसाधारणलाई सचेत गराउने उद्देश्यले मात्र हावाहुरी शब्द बुलेटिनमा समेट्न शुरु गरिएको उहाँले बताउनुभयो ।

महाशाखाले मंगलबार बेलुकी तीन दिनको मौसमी अवस्था प्रक्षेपण गर्दै बुधबार दिउँसो पूर्वी भूभागका थोरै स्थान, मध्य र पश्चिमका एक–दुई स्थानमा हावाहुरीसहितको वर्ष हुने उल्लेख गरेको छ । यसअघि महाशाखाले आफ्नै बुलेटिनमा हावाहुरीबारे उल्लेख गर्थेन । समाचार कान्तिपुर दैनिकले प्रकाशित गरेको छ ।