२४ जेष्ठ २०८३, आईतवार
,
Latest
काठमाडौंमा तीन नयाँ लक्जरी होटल सञ्चालनका लागि म्यारियट र सीजीबीच सम्झौता लागुऔषध ब्राउनसुगरसहित दुई जना पक्राउ गाउँका विभेदकारी नाम परिवर्तन अभियानमा स्थानीय तह किमाथाङ्कामा शुक्रबारदेखि इन्टरनेट सेवा बन्द ‘आइतबारको बिदा खारेज गर्न लागिएको होइन’ ‘ददीराम सापकोटाद्वारा लिखित त्यो नेपाल’नामक पुस्तक  विमोचन युद्ध अन्त्यका लागि मध्यस्थता गर्न पाकिस्तानी अधिकारी तेहरानमा मन्त्री चौधरीद्वारा झापाको बाहुनडाँगीमा स्थलगत निरीक्षण सङ्खुवासभामा विपन्न वर्गका १५ जनाको निःशुल्क शल्यक्रिया समग्र स्वास्थ्य क्षेत्रको सुधारमा सरकारले जोड दिइरहेको छः मन्त्री मेहता
तपाईं के खोज्दै हुनुहुन्छ ?

भ्रष्ट आरोपी शर्माको कर्तुत सञ्चालक समितिले खोज्ने



अ+ अ-

काठमाडौं । साझा प्रकाशनका तत्कालीन अध्यक्ष तथा महाप्रबन्धक डोलिन्द्र शर्मामाथि छानविन हुने भएको छ । प्रकाशनको अध्यक्ष तथा महाप्रबन्धक हुँदा अनियमितता गरेको आरोप लागेका शर्मामाथि सञ्चालक समितिले छानविनको तयारी गरेको छ ।

अनियमितताको आरोपमा शिक्षामन्त्रालयबाट बर्खास्तमा परेका शर्मासँग सञ्चालक समितिले हित विपरीत काम गरेको भन्दै फागुन २८ मा स्पष्टिकरण सोधेको थियो । बर्खास्त हुने डरले शर्माले स्पष्टीकरण नबुझाई महाप्रबन्धकबाट राजीनामा दिएका थिए ।

उनको राजीनामा स्वीकृत भइसकेको छ । राजीनामा स्वीकृत गरेको सञ्चालक समितिले उनले संस्थामा परेको अनियमितता बारेमा पनि छानविन गर्न लागेको एक सञ्चालक सदस्यले बताएको नागरिक दैनिकमा खबर प्रकाशित छ ।