२४ जेष्ठ २०८३, आईतवार
,
Latest
काठमाडौंमा तीन नयाँ लक्जरी होटल सञ्चालनका लागि म्यारियट र सीजीबीच सम्झौता लागुऔषध ब्राउनसुगरसहित दुई जना पक्राउ गाउँका विभेदकारी नाम परिवर्तन अभियानमा स्थानीय तह किमाथाङ्कामा शुक्रबारदेखि इन्टरनेट सेवा बन्द ‘आइतबारको बिदा खारेज गर्न लागिएको होइन’ ‘ददीराम सापकोटाद्वारा लिखित त्यो नेपाल’नामक पुस्तक  विमोचन युद्ध अन्त्यका लागि मध्यस्थता गर्न पाकिस्तानी अधिकारी तेहरानमा मन्त्री चौधरीद्वारा झापाको बाहुनडाँगीमा स्थलगत निरीक्षण सङ्खुवासभामा विपन्न वर्गका १५ जनाको निःशुल्क शल्यक्रिया समग्र स्वास्थ्य क्षेत्रको सुधारमा सरकारले जोड दिइरहेको छः मन्त्री मेहता
तपाईं के खोज्दै हुनुहुन्छ ?

भूकम्प आए पनि सिंहदरबार नभत्किने



अ+ अ-

काठमाडौं । सरकारले गोरखाको बारपाक केन्द्रबिन्दु बनाएर २०७२ को भूकम्पबाट क्षति पुगेको सिंहदरबारको मुख्य भवनलाई ८ दशमलव ८ रेक्टर स्केलको भूकम्पबाट समेत क्षति नपुग्नेगरी पुनर्निर्माण थालेको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पले चर्काएको सिंहदरबारको मुख्य भवनको पश्चिमी मोहडालाई सबलीकरण (रेट्रोफिटिङ) गर्ने निष्कर्ष निकालेको हो।

प्राधिकरणले यसअघि सिंहरदबारको मुख्य भवनको पश्चिम मोहडाको भागलाई पुनर्निर्माण गर्ने तयारी गरे पनि पुनः सबलीकरण गर्ने निर्णयमा पुगेको हो । प्राधिकरणले सबलीकरणकै आधारमा ८ दशमलव ८ रेक्टर स्केलको भूकम्प आउँदा पनि केही नहुने गरी डिजाइन तयार भएको जनाएको खबर राजधानी दैनिकमा प्रकाशित छ ।