२३ जेष्ठ २०८३, शनिबार
,
Latest
वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

न्यायलयमा राजनितीक भागबन्डा, दलीय आधारमा न्यायमूर्ति



अ+ अ-

काठमाडौं । सर्वोच्च अदालतका पाँच सहित २२ न्यायाधीश नियुक्तिका लागि दलीय भागबन्डाका आधारमा नाम सिफारिस भएको छ । न्यायपरिषदले मंगलबार उच्च अदालतका दुई न्यायधीश र तीन कानुन व्वयसायीलाई सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको छ ।

उच्च अदालतले मुख्य न्यायाधीशद्वय प्रकाशकुमार दुंगाना र सुष्मलाल मागेमा, वरिष्ठ अधिवक्ता कुमार रेग्मी, अधिवक्तद्वय हरिप्रसाद फु्याल र मनोकुमार शर्मा सर्वोच्चको न्यायाधीशमा सिफारिस भएका हुन् । उनीहरुमध्ये वरीयताक्रम, अवधि र उमेर गणनाका आधारमा रेग्मी र फु्याल प्रधानन्यायाधीशको रोलक्रममा रहेको कान्तिपुर दैनिकमा खबर छ ।