२४ जेष्ठ २०८३, आईतवार
,
Latest
सङ्खुवासभामा विपन्न वर्गका १५ जनाको निःशुल्क शल्यक्रिया समग्र स्वास्थ्य क्षेत्रको सुधारमा सरकारले जोड दिइरहेको छः मन्त्री मेहता बागमती र कोशीका १८ जिल्लामा रास्वपाको नयाँ कार्यसमिति प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ विकास, सम्मृद्धि र सुशासनको पक्षमा निरन्तर काम गर्छौंः महामन्त्री बुर्लाकोटी इभीका लागि देशभर १० हजार चार्जिङ स्टेसन निर्माण गर्न सुझाव शैक्षिक परामर्श क्षेत्रलाई राज्यले नै अपराधीकरण गर्न खोज्योः इक्यान अध्यक्ष पौडेल स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

सांसद भट्टराई र अर्का सांसद कार्कीबीच घोचपेच



अ+ अ-

काठमाडौँ । निर्वाचन आयोगको प्रमुख आयुक्तको नाम सिफारिसको विषयलाई लिएर संसदीय सुनुवाई समितिको बैठकमा जुहारी चल्न थालेको छ ।

मंगलबार सिंहदरवारमा बसेको संघीय संसदको संसदीय सुनुवाई समितिको बैठकमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसद योगेशकुमार भट्टराई र कांग्रेसका सांसद ज्ञानेन्द्रबहादुर कार्कीबीच त घोचपेच नै चल्यो ।

सांसद् भट्टराईले प्रधानमन्त्री भइसकेका शेरबहादुर देउवाले प्रधानमन्त्रीलाई सजिलो होस् भनेर नै परिषद् बैठकमा नआउनुभएको हो कि भन्दै व्यङ्ग्य गरे । देउवा काठमाडौंमा भएर पनि परिषद बैठकमा नआएको नेकपाको आरोप छ ।

‘केही गुनासा भए बैठकमा आएर राख्न सकेको भए राम्रो हुन्थ्यो’ भट्टराइले भने ‘असहमतिलाई देउवाजीले वैधानिक हिसावले दर्ज गर्नुभएको भए त्यसको सान्दर्भिकता बढने थियो, देउवाजीको प्रक्रिया गलत भयो ।’

भट्टराइले बोलिसकेपछि बोल्ने पालो पाएका कांग्रेस सांसद कार्कीले संवैधानिक परिषदलाई ‘रबरस्टाम्प’ बनाउन खोजिएको आरोप लगाए । संवैधानिक परिषदको महत्व नबुझिएको हो कि जस्तो लाग्छ, परिषद अध्यक्ष प्रधानमन्त्री ओलीले हिँडेको बाटो पूर्णरुपमा गलत छ’ कार्कीले भने ‘सरकार सबै निकायलाई ‘क्याप्चर’ गर्न लागेको छ, वैधानिक रुपले सभापति देउवाले बैठकमा आउन सक्दिन भनेपछि बैठक बोलाइहाल्नुपर्ने तत्काल कुनै बाध्यता थिएन ।’ नेपाल समाचारपत्र दैनिकमा खबर छ ।