२४ जेष्ठ २०८३, आईतवार
,
Latest
सङ्खुवासभामा विपन्न वर्गका १५ जनाको निःशुल्क शल्यक्रिया समग्र स्वास्थ्य क्षेत्रको सुधारमा सरकारले जोड दिइरहेको छः मन्त्री मेहता बागमती र कोशीका १८ जिल्लामा रास्वपाको नयाँ कार्यसमिति प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ विकास, सम्मृद्धि र सुशासनको पक्षमा निरन्तर काम गर्छौंः महामन्त्री बुर्लाकोटी इभीका लागि देशभर १० हजार चार्जिङ स्टेसन निर्माण गर्न सुझाव शैक्षिक परामर्श क्षेत्रलाई राज्यले नै अपराधीकरण गर्न खोज्योः इक्यान अध्यक्ष पौडेल स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजपाद्धारा बारा र पर्साका पीडितका लागि ५ लाख रुपैयाँ सहयोगको घोषणा



अ+ अ-

काठमाडौँ । राष्ट्रिय जनता पार्टी(राजपा) ले बारा र पर्सामा आँधी र हावाहुरी पीडितका लागि ५ लाख रुपैयाँ सहयोगको घोषणा गरेको छ ।

सोमबार विज्ञप्ति जारी गरी राजपा नेपालका संयोजक शरदसिंह भण्डारीले पार्टीको तर्फबाट पनि ५ लाख रुपैयाँ सहयोगको घोषणा गरेका छन् ।

राजपाले दुखको घडीमा सहयोग गर्न आम नागरिक, व्यवसायी, उद्योगी, संघ संस्था र देश विदेशमा रहेका नागरिकलाई आग्रह गरेका छन् ।

संकटका बेला राहत र उद्दारमा लाग्न कार्यकर्तालाई राजपाले आग्रह गरेको छ । नेता कार्यकर्ताहरुले राहत सहयोग संकलन गरी पीडित परिवारलाई सहयोग गर्न पनि आग्रह गरेको छ ।

प्राकृतिक विपत्तिको घडीमा प्रदेश २ सरकारले देखाएको तत्परताको प्रशंसा गर्दै उनले संघीय सरकारलाई समेत राहत र उद्दार कार्यमा यथाशीघ्र लाग्न आग्रह गरेको छ ।