२४ जेष्ठ २०८३, आईतवार
,
Latest
सङ्खुवासभामा विपन्न वर्गका १५ जनाको निःशुल्क शल्यक्रिया समग्र स्वास्थ्य क्षेत्रको सुधारमा सरकारले जोड दिइरहेको छः मन्त्री मेहता बागमती र कोशीका १८ जिल्लामा रास्वपाको नयाँ कार्यसमिति प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ विकास, सम्मृद्धि र सुशासनको पक्षमा निरन्तर काम गर्छौंः महामन्त्री बुर्लाकोटी इभीका लागि देशभर १० हजार चार्जिङ स्टेसन निर्माण गर्न सुझाव शैक्षिक परामर्श क्षेत्रलाई राज्यले नै अपराधीकरण गर्न खोज्योः इक्यान अध्यक्ष पौडेल स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रदेश २ को विकासमा इन्जिनियरहरूको चासो



अ+ अ-

जनकपुरधाम । प्रदेश २ सरकारका आन्तरिक ममिला तथा कानुन मन्त्री ज्ञानेन्द्रकुमार यादवले इन्जिनियरहरू विकासको मेरुदण्ड भएको बताएका छन्।

जनकपुरमा आयोजित वर्कशप क्वालिटी कन्सट्रक्सन समारोहमा उनले भने, ‘इन्जिनियरहरूलाई मैले विकास निर्माणको ब्याक बोन मानेको छु।

कुनै पनि विकासमा कुशल इन्जिनियरको महत्वपूर्ण हात रहन्छ।’ कार्यक्रममा विकास निर्माणमा हुने क्वालिटीबारे व्यापक छलफल भएकोे थियो। मन्त्री यादवले गुणस्तरीय निर्माणको जिम्मेवारी बोकेका प्रदेशभरिका इन्जिनियरहरूले प्रदेशलाई मजबुतीका साथ निर्माणमा सघाउने आशा व्यक्त गरे। नेपाल इन्जिनियर्स एसोसिएसन प्रदेश २ केन्द्रले आयोजना गरेको कार्यक्रममा मन्त्री यादवले उद्योगीहरूका लागि प्रदेश सरकारको सहयोग सधैं रहने आश्वासन व्यक्त गरे।

उनले भने, ‘प्रदेश २ मा उद्योग खोले २० वर्षसम्म कुनै प्रकारको कर नलिइने व्यवस्था गरेका छौं।’ उद्योगीहरूलाई प्रदेशमा सक्रिय सहभागी गराउन त्यसका लागि विद्युत, जग्गा पनि प्रदेश सरकारले उपलब्ध गराउने बताएका थिए।

नेपाल इन्जिनियर्स एसोसिएसन प्रदेश २ का सभापति नन्दकिशोर यादवको अध्यक्षतामा भएको सो समारोहमा गुणस्तरीय निर्माणमा इन्जिनियरको भूमिकाबारे बहस भएको थियो। ३ सयभन्दा बढी इन्जिनियर सहभागी उक्त कार्यक्रममा गुणस्तरीय निर्माणमा सिमेन्टको आवश्कता र यसको महत्वमाथि समेत छलफल गरिएको अध्यक्ष यादवले जानकारी दिए।

कार्यक्रममा इन्जिनीयर ध्रुव थापाले प्रदेश सरकारले उद्योगीहरूको लागि दिएको अवसरलाई सदुपयोग गर्नुपर्ने बताए। प्रदेश सरकारको अवसर र निर्णयप्रति प्रशंसा तथा खुसी व्यक्त गर्दै उनले भने, ‘प्रदेश २ मा उद्योग सञ्चालन गर्न आतुर छौं।

कसमस सिमेन्टको आयोजनामा भएको उक्त कार्यक्रममा डा। जीवराज पोखरेलले कार्यपत्र प्रस्तुत गरेका थिए भने सोही क्रममा इ। थापाले सिमेन्टको क्वालिटीमा आधारित र त्यससम्बन्धी कार्यपत्र सहभागीसमक्ष दर्शाएका थिए। खरिद नियमावलीसम्बन्धी कार्यपत्र रत्नेश्वर कर्णले कार्यपत्र प्रस्तुत गरेका थिए। सहभागी इन्जिनियरहरूले गुणस्तरीय निर्माणमा आफू निष्ठापूवर्क लागिपर्ने प्रतिबद्धता जाहेर गरेका थिए।