२४ जेष्ठ २०८३, आईतवार
,
Latest
सङ्खुवासभामा विपन्न वर्गका १५ जनाको निःशुल्क शल्यक्रिया समग्र स्वास्थ्य क्षेत्रको सुधारमा सरकारले जोड दिइरहेको छः मन्त्री मेहता बागमती र कोशीका १८ जिल्लामा रास्वपाको नयाँ कार्यसमिति प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ विकास, सम्मृद्धि र सुशासनको पक्षमा निरन्तर काम गर्छौंः महामन्त्री बुर्लाकोटी इभीका लागि देशभर १० हजार चार्जिङ स्टेसन निर्माण गर्न सुझाव शैक्षिक परामर्श क्षेत्रलाई राज्यले नै अपराधीकरण गर्न खोज्योः इक्यान अध्यक्ष पौडेल स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

कम्युनिष्ट सरकारलाई सर्वोच्चले दियो झट्का, के गर्ला सरकार ?



अ+ अ-

काठमाडौं । सर्वोच्च अदालतले विप्लव नेतृत्वको नेकपाका स्थायी समिति सदस्य हेमन्त प्रकाश ओलीलाई तीन दिनभित्र सर्वोच्च अदालतमा उपस्थित गराउन सरकारलाई निर्देशन दिएको छ ।

प्रहरीले अघिल्लो साता काभ्रेबाट पक्राउ गरेको थियो । ओलीलाई प्रहरीले पक्राउ परेपछि छोरी विपना ओलीले बुधबार सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन् ।

रिटमा प्रारम्भिक सुुनुवाई गर्दै प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासले बन्दी बनाउनुको कारणसहित तीन दिनभित्र अदालतमा उपस्थित गराउन आदेश दिएको हो ।

विप्लव नेतृत्वको नेकपामा मध्य कमाण्ड इन्चार्ज ओलीसहित ९ जनालाई प्रहरीले चैत ९ गते काभ्रेको खानीखोला–७, मिल्चेबाट पक्राउ गरेको थियो ।

उनी काठमाडौं आउँदै गर्दा बा १७ च ४८९३ नम्बरको स्कर्पियो जीपबाट पक्राउ परेका हुन् । उनीमाथि संगठित अपराधको मुद्दामा अनुसन्धान गर्न प्रहरीले जिल्ला अदालत ललितपुरबाट ८ दिनको म्याद लिएको छ । राजधानी दैनिकमा खबर छ ।