२४ जेष्ठ २०८३, आईतवार
,
Latest
सङ्खुवासभामा विपन्न वर्गका १५ जनाको निःशुल्क शल्यक्रिया समग्र स्वास्थ्य क्षेत्रको सुधारमा सरकारले जोड दिइरहेको छः मन्त्री मेहता बागमती र कोशीका १८ जिल्लामा रास्वपाको नयाँ कार्यसमिति प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ विकास, सम्मृद्धि र सुशासनको पक्षमा निरन्तर काम गर्छौंः महामन्त्री बुर्लाकोटी इभीका लागि देशभर १० हजार चार्जिङ स्टेसन निर्माण गर्न सुझाव शैक्षिक परामर्श क्षेत्रलाई राज्यले नै अपराधीकरण गर्न खोज्योः इक्यान अध्यक्ष पौडेल स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

४० हजार कर्मचारी पदपूर्ति गर्ने सरकारको तयारी



अ+ अ-

काठमाडौं । सरकारले सङ्घ, प्रदेश र स्थानीय तहमा कर्मचारी समायोजन सम्पन्न गरेको छ । तीन तहमा गरी ९८ हजार ५६८ जना कर्मचारी समायोजन भएका छन्।

समायोजनका क्रममा ८६ हजार ४७१ निजामती र साबिक स्थानीय निकायका १२ हजार ९७ गरी ९८ हजार ५६८ जना अब नयाँ भूमिकामा रहने छन्। बिहीबार सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पत्रकार सम्मेलन गरी तीन तहमा कर्मचारी समायोजन सम्पन्न भएसँगै प्रशासनिक सङ्क्रमणकाल अन्त्य भएको जनाएको छ।

सरकारले गत मङ्सिर २३ गते कर्मचारी समायोजन अध्यादेश जारी गरी कर्मचारी समायोजनको प्रारम्भिक प्रक्रिया सुरू गरेको थियो। पुस ११ गतेदेखि माघ २ गतेसम्म २१ दिनको सूचना सार्वजनिक गरी अनलाइन सिस्टमबाट कर्मचारीलाई आफूले रोजेको ठाउँमा आवेदन दिन मन्त्रालयले सफ्टवेयरको निर्माण गरी कर्मचारी समायोजनको काम सुरू गरेको हो ।

सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले सरकारले सुरू गरेको चार महिनामा नै कर्मचारी समायोजन गरी प्रशासनिक सङ्क्रमणकाल अन्त्य गरेको घोषणा गरे सरकारले सङ्घमा स्वीकृत भएको ४८ हजार ४०९ दरबन्दीमध्ये ४० हजार ७६९ कर्मचारी समायोजन गरेको छ।

त्यस्तै प्रदेशमा २२ हजार २९७ दरबन्दीमध्ये १४ हजार ६५९ जना कर्मचारी समायोजित भएका छन्। त्यस्तै, स्थानीय तहमा ६६ हजार ९०८ दरबन्दीमध्ये निजामती सेवाका ३१ हजार ४३ र साबिक स्थानीय निकायका १२ हजार ९७ गरी ४३ हजार १४० गरी जम्मा ९८ हजार ५६८ जना कर्मचारी समायोजन गरिएको मन्त्रालयका सहसचिव केदारप्रसाद पनेरूले स्पष्ट गरे।

मन्त्री पण्डितले अब समायोजन भएका कर्मचारी सम्बन्धित तहमा पुगी सेवाग्राहीको सेवा गर्ने बताए। ४० हजार अपुग सरकारले कर्मचारी समायोजन सम्पन्न गरे पनि अझै सङ्घ, प्रदेश र स्थानीय तहमा स्वीकृत दरबन्दीमध्ये करिब ४० हजार कर्मचारी अपुग हुने देखिएको छ। सरकारले तीन तहमा गरी ९८ हजार ५६८ जना कर्मचारी समायोजन भएको घोषणा गरे पनि स्वीकृत एक लाख ३७ हजार ६१४ दरबन्दीमध्ये अझै ३९ हजार ४६ जना कर्मचारी अपुग हुने मन्त्रालयले जनाएको गोखापत्र दैनिकमा खबर छ।