२३ जेष्ठ २०८३, शनिबार
,
Latest
बाग्लुङकाे ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु पोखरा बसपार्क अतिक्रमण हटाउन स्थानीयको सक्रियता, संरचना आफैं भत्काउन सुरु (तस्बिरसहित) परराष्ट्रमन्त्री खनाल र भाजपाका विदेश विभाग प्रमुखबीच भेटवार्ता एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने पोर्चुगलमा टुङ्गियो एनआरएनए विवाद, सुजन लामा नेतृत्वको समितिलाई सरकारी मान्यता तीन तहको सरकारमा समन्वयको अभाव छः अध्यक्ष दाहाल बागमती प्रदेशले गर्‍यो पाँच सहकारीका ११४ ठूला ऋणीको नाम सार्वजनिक सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन सभापति लामिछानेले भनेः योगदानको हिसाब–किताब खोज्ने प्रवृत्ति पार्टी जीवनका लागि हितकर हुँदैन कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल
तपाईं के खोज्दै हुनुहुन्छ ?

समितिको सरकारलाई सुझाव : छाउ बस्नेलाई कारबाही गर, बसेको सूचना दिनेलाई पुरस्कार देउ



अ+ अ-

काठमाडौँ । संसदको महिला तथा सामाजिक समितिले छाउपडी बस्नेलाई पनि कारबाही गर्न सरकारलाई सुझाव दिएको छ ।

समितिको गत माघ १५ गते बसेको बैठकले सुदूरपश्चिममा सामाजिक कुप्रथाको रुपमा रहेको छाउपडी अन्त्यका लागि आवश्यक सुझाव दिन सात सदस्यीय अध्ययन भ्रमण टोली गठन गरेको थियो । उक्त टोलीले गत माघ १६ गतेदेखि २१ गतेसम्म बाजुराका बिभिन्न ठाउँमा पुगेर स्थलगत अध्ययन गरेको थियो । त्यसक्रममा माघ १७ गते मार्तडीमा, १८ गते धम्कन्नेमा र १९ गते जिल्ला प्रशासन कार्यलय बाजुरामा अन्तरक्रियात्मक कार्यक्रम गरेर प्रतिवेदन तयार पारी मूल समितिमा पेश गरेको छ ।

समितिको प्रतिवेदनमा रजश्वला हुँदा विद्यालय जानबाट बञ्चित भएको, यौन हिंसा र जंगली जनावरको आक्रमणको शिकारसमेत हुने गरेको उल्लेख छ ।

महिला समितिको प्रतिवेदनमा छाउपडी कुप्रथा अन्त्यका लागि चाल्नुपर्ने अल्पकालीन र दीर्घकालीन उपायहरु सुझाएको छ । अल्पकालीन उपायअन्तर्गतको सुझावमा लेखिएको छ, ‘तत्काल फौजदारी अपराध संहिता ऐन, २०७४ को दफा १६८ मा छाउपडी स्वयम् बस्न जानेलाई पनि कारबाहीको ब्यवस्था हुनु पर्ने गरी ऐन संशोधन गरिनु पर्ने ।’

फौजदारी अपराध संहिता ऐन २०७४ को दफा १६८ को उपदफा ९३० मा ‘महिलाको रजश्वला वा सुत्केरीको अवस्थामा छाउपडीमा राख्न वा त्यस्तै अन्य कुनै किसिमका भेदवाव, छुवाछुत वा अमानवीय व्यवहार गर्नु गराउनु हुँदैन भनेर उल्लेख गरिउको छ ।

सोही दफाको उपदफा (४) मा यस्तो भेदभाव गर्नेलाई तीन महिना कैद र तीन हजार जरिवाना वा दुवै सजायँ हुने ब्यवस्था छ । राष्ट्रयसेवकको हकमा भने यो दफाअनुसार कसुर गरे थप तीन महिना कैद सजाय हुने छ ।

नेपाल सरकारले २०६३ वैशाख २६ गते छाउपडी प्रथालाई कुरीति घोषणा गरेको थियो । तर, छाउ भएको व्यक्तिलाई छोए ‘पाप’ लाग्छ भन्ने सामाजिक मान्यता बाजुरामा अझै रहेको पनि प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदनमार्फत टोलीले छाउपडी कूप्रथा न्युनीकरण गर्दै लैजान छाउ गोठमा बसेको सूचना दिने, छाउगोठमा बस्न छाड्ने व्यक्ति वा उनका परिवारलाई तत्काल सम्मान स्वरुप पुरस्कार दिने व्यवस्था गर्न सरकारलाई सुझाएको छ । प्रतिवेदनमा छाउपडी अन्त्यका लागि स्थानीय तहलाई आवश्यक बजेट, जनशक्ति र कानुनी व्यवस्था गर्नुपर्नेमा जोड दिइएको छ ।

समिति सचिवालयका अनुसार महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री र विज्ञहरुसँग छलफल गरेपछि प्रतिवेदनमा उल्लेखित विषय कार्यान्वयनका लागि सरकारलाई आवश्यक निर्देशन दिने तयारी गरिएको छ ।