२४ जेष्ठ २०८३, आईतवार
,
Latest
बागमती र कोशीका १८ जिल्लामा रास्वपाको नयाँ कार्यसमिति प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ विकास, सम्मृद्धि र सुशासनको पक्षमा निरन्तर काम गर्छौंः महामन्त्री बुर्लाकोटी इभीका लागि देशभर १० हजार चार्जिङ स्टेसन निर्माण गर्न सुझाव शैक्षिक परामर्श क्षेत्रलाई राज्यले नै अपराधीकरण गर्न खोज्योः इक्यान अध्यक्ष पौडेल स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री धुर्मुसलाई साथ दिन र न्याय खोज्नमा सहयोग गर्न कुञ्जना घिमिरेको आग्रह रास्वपाको महाधिवेशनमा गोरखामा सांसद सुधन गुरुङको सहभागिता
तपाईं के खोज्दै हुनुहुन्छ ?

विप्लवलाई सहयोग गर्नेलाई पनि कारबाही



अ+ अ-

काठमाडौँ । सरकारले नेत्र विक्रम चन्द समूहप्रति आक्रामक नीति लिएको छ । विप्लव समूहका नेता तथा कार्यकर्ता पक्राउ गर्ने क्रमलाई पछिल्लो समयमा निरन्तरता दिएको छ ।

सरकारले विप्लव समूहका नामले चिनिने नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीलाई सहयोग गर्नेलाई पनि कारबाही गर्ने चेतावनी दिएको छ ।
विप्लव समूहले चन्दा माग्ने क्रमलाई निरन्तरता दिएको भन्दै सरकारले प्रतिबन्ध लगाएको उक्त समूहलाई चन्दा दिने पनि कारबाहीको भागिदार हुने चेतावनी दिएको हो ।

आइतबार विज्ञप्ति जारी गर्दै गृह मन्त्रालयले विप्लव समूहका आपराधिक तथा विध्वंशात्मक क्रियाकलापमा प्रत्यक्ष र परोक्ष रुपमा आर्थिक तथा अन्य सहयोग गर्नेहरुलाई पनि कारबाही गर्ने उल्लेख गरेको छ । यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।