२४ जेष्ठ २०८३, आईतवार
,
Latest
शैक्षिक परामर्श क्षेत्रलाई राज्यले नै अपराधीकरण गर्न खोज्योः इक्यान अध्यक्ष पौडेल स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री धुर्मुसलाई साथ दिन र न्याय खोज्नमा सहयोग गर्न कुञ्जना घिमिरेको आग्रह रास्वपाको महाधिवेशनमा गोरखामा सांसद सुधन गुरुङको सहभागिता बाथरोगबाट बच्न सचेतना र शीघ्र उपचारमा जोड टीकापुरमा अन्तर–व्यवस्थापिका मञ्च सम्पन्न, ‘डिजिटल पार्लियामेन्ट’ विकाससहित नौबुँदे सन्देशपत्र जारी कमला पुल १५ वर्षदेखि अधुरै, मन्त्रीको निरीक्षणपछि पनि स्थानीयकाे असन्तुष्टि कायम रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजधानीका पेट्रोलपम्प विस्फोट हुने खतरा



अ+ अ-

काठमाडौँ । जावलाखेल–पुल्चोक सडक खण्डमा पर्ने ‘एसपी इन्टरनेसनल इन्क’ पेट्रोल पम्प पनि सडक किनारमै छ । नजिकै ‘युडी मोर्डन डिजाइन मोटरसाइकल वर्कसप’ छ । पम्पको माथिबाट बिजुलीको लाइन तानिएको छ ।

खुला सडकमा पेट्रोलियम पदार्थको कारोबार गरिरहेको एसपी इन्टरनेसनल इन्कको पम्पमा कसैबाट नियतवश वा भूलवश हुनसक्ने असावधानीले ठूलो क्षति निम्तिने खतरा उच्च छ । किनकि यहाँ तारबार गरेको ‘कपाउन्ड’ छैन भने सुरक्षा गार्ड पनि छैनन् ।

पुल्चोकको साझा पेट्रोल पम्पले तारबारको व्यवस्था गरेर अनावश्यक व्यक्तिको प्रवेशलाई रोक त लगाएको छ तर, नजिकैको विद्युत् ट्रान्सफर्मर र पम्पभन्दा माथिबाट तानिएको बिजुलीका तारले जोखिमयुक्त हुन दिएको छैन ।

ठूला सवारीसाधनको चाप बढी हुने बालाजु चक्रपथआसपास क्षेत्रमा हरेक एक किलोमिटर दूरीमा पेट्रोल पम्प छन् । ती त झनै असुरक्षित छन् । बाक्लो बस्ती बीचमा, मान्छेको भीडभाड भइरहने पार्टी प्यालेससँगै जोडेर यी पम्पहरु सञ्चालनमा छन् । यो समाचार आजको नागरिक दैनिकमा छ ।