
काठमाडौं । सरकारले तयार पारेको प्रहरी समायोजन विधेयकमा प्रहरीले खाइपाइ आएको तलबमा दुई ग्रेड वृद्धि गर्ने प्रस्ताव गरेको छ। प्रदेशमा समायोजन भइसकेका प्रहरीलाई हाजिर नगराए प्रमुखलाई नै कारवाही हुने व्यवस्था नयाँ ऐनमा गरिएको समाचार नेपाल समाचारपत्र दैनिकमा छ।
‘प्रहरी कर्मचारीलाई नेपाल प्रहरी तथा प्रदेश प्रहरीमा समायोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ संघीय संसद सचिवलायमा दर्ता भएको छ। समायोजन भएका प्रहरी कर्मचारलाई खाईपाई आएको तलबमा दुई ग्रेड थप हुने व्यवस्था गरिएको छ।
समायोजन गर्दा थप गरिएको ग्रेड त्यस्तो कर्मचारले पाउने ग्रेडभन्दा बढी हुने भएमा त्यसरी थप गरिएको ग्रेडसमेत दिइने व्यवस्था गरिएको छ।












