
काठमाडौँ । जनकपुर अञ्चल अस्पताल, धनुषामा कार्यरत आयुर्वेद अधिकृत मिथिलेशकुमार यादव विरुद्ध मुद्दा दायर गरिएको छ ।
यादवले बिहार बिद्यालय परीक्षा समिति, पटना, भारतबाट प्राप्त इण्टरमिडियट तहको नक्कली शैक्षिक योग्यताको प्रमाण पत्र पेश गरी सेवामा बहाल रहेको आरोप लागेको हो ।
यादव विरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको सजाय हुन मागदाबी लिई आज विशेष अदालत काठमाडौँमा आरोप पत्र दायर गरिएको छ ।












