२४ जेष्ठ २०८३, आईतवार
,
Latest
टीकापुरमा अन्तर–व्यवस्थापिका मञ्च सम्पन्न, ‘डिजिटल पार्लियामेन्ट’ विकाससहित नौबुँदे सन्देशपत्र जारी कमला पुल १५ वर्षदेखि अधुरै, मन्त्रीको निरीक्षणपछि पनि स्थानीयकाे असन्तुष्टि कायम रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, इरान–अमेरिका तनाव उत्कर्षमा ओमानलाई फराकिलो पराजित गर्दै नेपाल एसियाली खेलकुद छनोटको फाइनलमा प्रवेश रास्वपा कास्की सभापतिमा अधिकारी सर्लाहीको बयलगाडाले किचेर घाइते बालकको मृत्यु परराष्ट्रमन्त्रीको भारत भ्रमणः नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धता जनस्वास्थ्यमा सुधार ल्याउन सरकार प्रतिबद्ध छ: स्वास्थ्यमन्त्री मेहता दर्शना स्कुलको जन्मदिन कोषबाट बिरामी बालिकालाई २५ हजार सहयोग प्रदान
तपाईं के खोज्दै हुनुहुन्छ ?

कंगोमा रेल दुर्घटना : २४ जनाको मृत्यु, ३१ जना घाइते



अ+ अ-

काठमाडौँ । कंगोमा मालवाहक रेल दुर्घटना हुँदा कम्तिमा २४ जनाको मृत्यु भएको छ । ३१ जना घाइते छन् । मृत्यु हुनेमा अधिकांश बालबालिका छन् ।

कासाइ प्रान्तको उत्तरी कनंगास्थित बेना लेकामा आइतबार उक्त रेल दुर्घटना भएको प्रहरीको हवाला दिँदै अन्तर्राष्ट्रिय मिडियाले जनाएका छन् । बेना लाकास्थित प्रहरीले एएफपीलाई जनाए अनुसार अहिलेसम्म २४ जनाको मृत्यु भएको पुष्टि भएको छ । अरु घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको बताइएको छ ।

घटनापछि उद्धारका लागि प्रहरी जुटेको छ । घाइतेहरुलाई अस्पताल पुर्याइएको छ । प्रहरीले ३१ जनालाई काकेंगेस्थित क्लाउड सिमांगा अस्पताल पुर्याएको जनाएको छ ।मिडियाका अनुसार एक महिनाको आसपासको अवधिमा यो तेस्रो रेल दुर्घटना हो । कंगोमा असुरक्षित लिकका कारण रेलको यात्रा असुरक्षित मानिन्छ । यसअघि पनि धेरै पटक रेल दुर्घटना भएका थिए ।