२४ जेष्ठ २०८३, आईतवार
,
Latest
टीकापुरमा अन्तर–व्यवस्थापिका मञ्च सम्पन्न, ‘डिजिटल पार्लियामेन्ट’ विकाससहित नौबुँदे सन्देशपत्र जारी कमला पुल १५ वर्षदेखि अधुरै, मन्त्रीको निरीक्षणपछि पनि स्थानीयकाे असन्तुष्टि कायम रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, इरान–अमेरिका तनाव उत्कर्षमा ओमानलाई फराकिलो पराजित गर्दै नेपाल एसियाली खेलकुद छनोटको फाइनलमा प्रवेश रास्वपा कास्की सभापतिमा अधिकारी सर्लाहीको बयलगाडाले किचेर घाइते बालकको मृत्यु परराष्ट्रमन्त्रीको भारत भ्रमणः नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धता जनस्वास्थ्यमा सुधार ल्याउन सरकार प्रतिबद्ध छ: स्वास्थ्यमन्त्री मेहता दर्शना स्कुलको जन्मदिन कोषबाट बिरामी बालिकालाई २५ हजार सहयोग प्रदान
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाकिस्तानसँग भारतको शर्त : दाउदलाई भारत पठाइदेऊ



अ+ अ-

नयाँदिल्ली । पाकिस्तानले आतंकवादविरुद्ध गाम्भिरता देखाउन चाहेको हो भने पहिले दाउद इब्राहिमलाई आफूहरुसमक्ष बुझाउन भारतले आग्रह गरेको छ । पुलवामा हमलापछि पनि पाकिस्तानले आतंकवादविरुद्ध कुनै कदम नउठाएको भन्दै भारतले यस्तो आग्रह गरेको हो ।

पाकिस्तानले यदी आतंकवादविरुद्ध कदम उठाउने हो भने दाउदलाई आफूहरुलाई सुम्पिनुपर्ने भारतले शर्त राखेको हो । दाउदको साथै सैयद सलाहुद्दीनलाई पनि भारत समक्ष सुम्पनुपर्ने भारतले पाकिस्तानसँग शर्त राखेको छ ।

उनीहरु दुबै भारतीय नागरिक रहेको तर पाकिस्तानमा उनीहरुले संरक्षण पाइरहेको भारतको बुझाइ छ । सन् १९९३ मा भएको मुम्बइ बम हमलाकै कारण दाउद इब्राहिम भारतमा वान्टेड छन् । उनी भारत र अमेरिकाद्वारा अन्तर्राष्ट्रिय आतंकवादी घोषित भएका छन् ।

भारतको तर्फबाट विज्ञप्ति जारी गर्दै उनीहरुलाई भारतसँग नसुम्पिएसम्म पाकिस्तानले आतंकवादविरुद्ध कदम उठाएको पुष्टि नहुने बताइएको छ । अन्नपुर्ण पोष्ट दैनिकमा खबर छ ।