काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत थ्री स्टार र फ्रेन्ड्स क्लबले बराबरी खेल्दै अंक बाँडेका छन् ।
शुक्रबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा थ्री दुबै टिमले १–१ गोलको बराबरी खेलेका हुन् ।
थ्री स्टारका लागि मिक्छेन तामाङले गोल गरे भने फ्रेन्ड्सका नाथनिल जुड ग्रासियाले गोल गरे ।
खेलको ५१ औं मिनेटमा फ्रेन्ड्सका ग्रासियाले हेडमार्फत गोल गर्दै फ्रेन्ड्सलाई अग्रता दिलाएका हुन् ।
८३ औं मिनेटमा मिक्छेन तामाङले गोल गर्दै थ्री स्टारलाई १–१ गोलको बराबरीमा ल्याए ।
खेलमा फ्रेन्ड्सका ग्रासिया म्यान अफ दि म्याच घोषित भए ।
बराबरीसँगै थ्री स्टारले ३ खेलमा ४ अंक जोडेको छ भने फ्रेन्ड्सले ३ खेलमा २ अंक जोडेको छ ।












