२३ जेष्ठ २०८३, शनिबार
,
Latest
बाग्लुङकाे ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु पोखरा बसपार्क अतिक्रमण हटाउन स्थानीयको सक्रियता, संरचना आफैं भत्काउन सुरु (तस्बिरसहित) परराष्ट्रमन्त्री खनाल र भाजपाका विदेश विभाग प्रमुखबीच भेटवार्ता एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने पोर्चुगलमा टुङ्गियो एनआरएनए विवाद, सुजन लामा नेतृत्वको समितिलाई सरकारी मान्यता तीन तहको सरकारमा समन्वयको अभाव छः अध्यक्ष दाहाल बागमती प्रदेशले गर्‍यो पाँच सहकारीका ११४ ठूला ऋणीको नाम सार्वजनिक सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन सभापति लामिछानेले भनेः योगदानको हिसाब–किताब खोज्ने प्रवृत्ति पार्टी जीवनका लागि हितकर हुँदैन कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपाका सांसद ओखेडाका छोरा १४ दिनदेखि बेपत्ता



अ+ अ-

काठमाडौँ । सुदुरपश्चिम प्रदेश बझाङकाबाट निर्वचित नेकपाका नेता सांसद अफिलाल शर्मा (ओखेडा) का छोरा बेपत्ता भएका छन् । ओखेडाका छोरा काठमाडौँको नयाँ बानेश्वरस्थित रत्नराज्य स्कुलबाट बेपत्ता भएका हुन् ।

परिवार स्रोतका अनुसार काठमाडौँको नयाँ बानेश्वरस्थित रत्नराज्य स्कुलमा कक्षा १० मा पढ्दै आएका १६ वर्षीय सागर सागर शर्मा (ओखेडा) फागुन १८ गते फोन स्वीच अफ गरेर सम्पर्क विहिन भएका थिए ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (डिएसपी) होविन्द्र बोगटीले भने, ‘सिडीआर रिपोर्ट आएको छ, अपराध महाशाखा र काठमाडौँ परिसर दुवै ठाउँबाट खोजतलास गर्ने काम भईरहेको छ ।’

स्रोतका अनुसार परीक्षा नजिकै आएको अवस्थामा परिवारले राम्रोसँग परीक्षाको तयारी गर्न सुझाएपछि उनी सम्पर्क विहिन भएको बताइएको छ । सन्की स्वभावका सागरलाई सांसद ओखेडाले ‘स्कुल किन नगएको ?’ भन्दै हप्काएका थिए । बावुले हप्काएपछि सागरले फागुन १६ गते अमेरिकी दूतावासमा फोन गरेर ‘अमेरिका जान कत्ति पैसा लाग्छ’ भनेर सोधेका थिए ।

त्यसपछि फोन अफ गरेर हिँडेका सागर परिवारको सम्पर्कमा गएका छैनन् । प्रहरीले खोजी जारी राखेपनि उनी फेला पर्न नसकेको बताइएको छ । सागरले चलाउँदै आएको मोवाइल विगत १४ दिनदेखि बन्द छ ।