२४ जेष्ठ २०८३, आईतवार
,
Latest
परराष्ट्रमन्त्रीको भारत भ्रमणः नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धता जनस्वास्थ्यमा सुधार ल्याउन सरकार प्रतिबद्ध छ: स्वास्थ्यमन्त्री मेहता दर्शना स्कुलको जन्मदिन कोषबाट बिरामी बालिकालाई २५ हजार सहयोग प्रदान रास्वपा दाङ सभापतिमा खनाल निर्वाचित झापाकाे मेचीनगरमा १५ फिट लामो अजिङ्गर फेला सुनचाँदीको मूल्य आज पनि घट्यो कास्की प्रहरीको ‘स्विप अप्रेसन’, एकैदिन ४० जना कारबाहीमा न्यायको अपेक्षासहित मातृभूमि फर्किए धुर्मुस अमेरिकाको ओहायोस्थित उत्सवमा गोली चल्दा कम्तीमा १२ जना घाइते, आक्रमणकारीको खोजी जारी प्रधानमन्त्री बालेनको अभिव्यक्तिमाथि बस्नेतको टिप्पणी : संयम र संस्थागत मर्यादा आवश्यक छ
तपाईं के खोज्दै हुनुहुन्छ ?

किस्ट कलेजको दादागिरी : अवैध शुल्कको विरोध गर्दा ५० विद्यार्थी फेल



अ+ अ-

काठमाडौं । सरकारले तोकेको भन्दा बढी शुल्क तिर्न नमान्ने करिब ५० विद्यार्थीलाई ललितपुरस्थित किस्ट मेडिकल कलेजले आन्तरिक परीक्षामा फेल गराएको छ । आन्तरिक परीक्षामा फेल भएका विद्यार्थी बोर्डको परीक्षाबाट बञ्चित हुन्छन् । यसबारे उजुरी परेपछि नेपाल मेडिकल काउन्सिलले अनुसन्धान गरिरहेको छ ।

पटक पटक अतिरिक्त शुल्क लिँदै आएको कलेजले १० औँ ब्याचका विद्यार्थीलाई थप ९० हजार ९७ रुपैयाँ बुझाउन गत २७ असोजसम्मको अल्टिमेटम दिएको थियो । त्यसका विरुद्ध विद्यार्थीले २४ असोजमा जिल्ला प्रशासन कार्यालय ललितपुर, नेपाल मेडिकल काउन्सिल र चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम)मा हस्ताक्षर सहित न्याय माग्दै उजुरी दिएका थिए । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।