२४ जेष्ठ २०८३, आईतवार
,
Latest
कमला पुल १५ वर्षदेखि अधुरै, मन्त्रीको निरीक्षणपछि पनि स्थानीयकाे असन्तुष्टि कायम रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, इरान–अमेरिका तनाव उत्कर्षमा ओमानलाई फराकिलो पराजित गर्दै नेपाल एसियाली खेलकुद छनोटको फाइनलमा प्रवेश रास्वपा कास्की सभापतिमा अधिकारी सर्लाहीको बयलगाडाले किचेर घाइते बालकको मृत्यु परराष्ट्रमन्त्रीको भारत भ्रमणः नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धता जनस्वास्थ्यमा सुधार ल्याउन सरकार प्रतिबद्ध छ: स्वास्थ्यमन्त्री मेहता दर्शना स्कुलको जन्मदिन कोषबाट बिरामी बालिकालाई २५ हजार सहयोग प्रदान रास्वपा दाङ सभापतिमा खनाल निर्वाचित
तपाईं के खोज्दै हुनुहुन्छ ?

तीस हजार घुस सहित सहायक वन अधिकृत र वकिल पक्राउ



अ+ अ-

काठमाडौँ । सव डिभिजन वन कार्यालय, तारानगर कैलालीका सहायक वन अधिकृत भरत शाह घुस सहित पक्राउ परेका छन् । शाह ३०,००० घुस रकम सहित बुधबार पक्राउ परेका हुन् ।

वन कार्यालयमा अनुसन्धान भइरहेको मुद्दा मिलाई दिन्छु भन्दै घुस रकम माग गरिरहेको भन्ने उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, कञ्चनपुरबाट खटिई गएको टोलीले शाहलाई पक्राउ गरेको हो ।

आयोगका सहायक प्रवक्ता मदन कोइरालाका अनुसार शाहसँगै लेखापढी व्यवसायी पुष्प जोशीपनि पक्राउ परेका छन् ।

दुबै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।