२३ जेष्ठ २०८३, शनिबार
,
Latest
परराष्ट्रमन्त्री खनाल र भारतीय समकक्षी जयशङ्करबीच नयाँ दिल्लीमा भेटवार्ता आइएइएको एक प्रतिवेदनलाई ‘राजनीतिक दबाबको उपकरण’ बनाइनु नहुने इरानको धारणा विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम व्यवस्थापन तीब्र, भिसामा अमेरिकाले विभेद गरेको इरानको आरोप इरानसँग अझै पनि २२ प्रतिशत क्षेप्यास्त्र बाँकीः राष्ट्रपति ट्रम्प बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह चार सय ९२ किलोमिटर दुई लेन सडक कालोपत्र बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन सरकारी निकायमा हुने गरेका ‘सेटिङ’ र बिचौलियातन्त्र क्रमशः अन्त्य हुँदैछ : मन्त्री डा तिमिल्सिना भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन : सचेतक परियार नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

राउटेहरुले बैंकबाट तलब बुझे !



अ+ अ-
फाईल फोटो

सुर्खेत । जंगलमा फिरन्ते जीवन बिताउँदै आएका राउटे समुदायले पहिलो पटक बैंकमा गएर तलब बुझेका छन् । राउटे समुदायद्धारा सहयोग गर्न नियुक्त भएका कार्यकर्ताद्धारा पहिलो महिनाको तलब लिएका हुन् ।

सामाजिक सेवा केन्द्र (सोसेक)द्धारा आज वीरेन्द्रनगरमामा मासिक तलब दिने कार्यक्रम रहेको थियो । उक्त कार्यक्रम अनुसार मेगा बैंकमार्फत बुझेका छन् । नियुक्त भएका सहयोगीहरुले समुदायमा कुपोषण भएका बालकालिकालाई पोषणयुक्त खानेकुरा खानमा सहयोग गर्ने, बालबालिकालाई औषधि खुवाउनमा सहयोग पुर्‍याउने, समुदायको सरसफाइमा ध्यान दिने, वनजंगलको संंरक्षण गर्ने कामका गर्ने गरेका छन् ।

सूर्यनारायण शाही, वीरबहादुर शाही, दिलबहादुर शाही, प्रकाश शाही र महिनबहादुर शाहीले पहिलो महिनाको तलब बुझेका छन् । पहिलो पटक तलब पाएकोमा आफुलाई खुसी लागेको सूर्यनारायण शाहीले बताए ।

अहिले राउटे समुदायहरु सुर्खेतको लेकवेशी नगरपालिकाको भेरी किनारामा बसिरहेका छन् ।