२४ जेष्ठ २०८३, आईतवार
,
Latest
न्यायको अपेक्षासहित मातृभूमि फर्किए धुर्मुस अमेरिकाको ओहायोस्थित उत्सवमा गोली चल्दा कम्तीमा १२ जना घाइते, आक्रमणकारीको खोजी जारी प्रधानमन्त्री बालेनको अभिव्यक्तिमाथि बस्नेतको टिप्पणी : संयम र संस्थागत मर्यादा आवश्यक छ वेस्ट बैंकमा इजरायली सेनाको गोलीबारीमा सात महिने प्यालेस्टिनी शिशुको मृत्यु राम्दीमा नेपालकै पहिलो ‘कन्क्रिट फिल्ड स्टिल ट्युब आर्च’ पुल निर्माण अन्तिम चरणमा, असारभित्र सञ्चालनमा ल्याउने… रास्वपा झापा जिल्लामा ओमनाथ भण्डारी राजा शाक्य बने रास्वपा काठमाडौँको सभापति शुक्लाफाँटामा युवा सम्मेलनः जलवायु सङ्कटविरुद्ध सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता कोप–३१ सम्मेलनको तयारीका लागि टर्किएद्वारा अन्तर्राष्ट्रिय वातावरणीय मञ्चको आयोजना यी २८ जिल्लामा आज हुँदैछ रास्वपाको अधिवेशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

खेतबारी घेरीयो महिलाको सारी र तन्नाले, यस्तो छ कारण !



अ+ अ-

बागलुङ । किसानका खेतबारी सारी र तन्नाले घेरिएका छन् । ती सारी र तन्ना सुकाइएका पनि होइनन् । आफूहरूले लगाएको खेती दुम्सीलगायतका वन्यजन्तुले नष्ट गर्न थालेपछि तिनलाई धपाउन प्रयोग गरिएको यो नयाँ

प्रविधि हो । त्यतिले मात्र पुग्दैन दिनभर बा“दर लखेट्नु र रातभर दुम्सी धपाउनु बागलुङ नगरपालिका १४ कैयाका स्थानीयको दिनचर्या बनेको छ । किसानले लगाएका आलु र अन्नबाली दिनभर बाँदरले र रातभर दुम्सीले नष्ट गर्न थालेपछि यहाँका करिब एक सय घरपरिवारले दिनरात नै कष्ट व्यहोर्नु परेको छ ।

मिहिनेत गरेर लगाएको आलुलगायतका बाली जोगाउन स्थानीय दिउँसो र रातिसमेत खेतैमा हुन्छन् । मानिस नभएको चाल पाएपछि नजिकैको जङ्गलबाट दुम्सीका हुल नै खेतमा पसेर आलु खाइदिने गरेको स्थानीय किसान दुर्गादेवी शर्मा ढकालले गुनासो गर्नुभयो । ढकालले भन्नुभयो, दुम्सी निकै बाठो हुँदो रहेछ । मानिस देखेपछि लुक्छ । मानिस हिँडेपछि बाली खान आइपुग्छ । त्यसैले मानिस भएको भान पार्न खेतवरपर महिलाको साडीले बार्न थालिएको छ ।

महिलाको साडी देखेपछि दुम्सी भाग्ने गरेको आफूले सुनेपछि यस्तो उपाय अपनाएको ढकालको भनाइ छ । उहाँ यस्तो तरिका अपनाउँदा दुम्सी खेतमा पस्न केही कम भने भएको बताउनुहुन्छ ।

त्यस्तै बाँदरले खेतका साथै घरभित्र भण्डारण गरेको अन्नसमेत खान पल्केको किसानहरू बताउँछन् । बाँदर धपाउन स्थानीयले पालो नै लगाएका छन् । नगदेबाली, बेमौसमी बालीलगायत फलफूल खेतीमा बा“दर निकै ठूलो क्षति पु¥याएकोे स्थानीय किसान कृष्ण अकेलीले बताउनुभयो ।

उहाँ बा“दर र दुम्सी नियन्त्रणका लागि सम्बन्धित निकायमा आग्रह गरे पनि अहिलेसम्म कुनै सुनुवाइ नभएको गुनासो गर्नुहुन्छ । बालीनाली नष्ट गर्ने जङ्गली जनावर नियन्त्रणका लागि ठोस योजना अहिलेसम्म नभएको डिभिजन वन कार्यालयका बागलुङका प्रमुख गोविन्द ढकालले बताउनुभयो ।

अहिले यहाँका किसानले ५० रोपनी क्षेत्रफलमा व्यावसायिक आलु खेती गर्दै आएका छन् । बा“दर र दुम्सी नियन्त्रणका लागि दीर्घकालीन योजना बनाउनु पर्ने माग किसानले गर्दै आएका छन् । गोरखापत्र दैनिकमा खबर छ ।