२४ जेष्ठ २०८३, आईतवार
,
Latest
न्यायको अपेक्षासहित मातृभूमि फर्किए धुर्मुस अमेरिकाको ओहायोस्थित उत्सवमा गोली चल्दा कम्तीमा १२ जना घाइते, आक्रमणकारीको खोजी जारी प्रधानमन्त्री बालेनको अभिव्यक्तिमाथि बस्नेतको टिप्पणी : संयम र संस्थागत मर्यादा आवश्यक छ वेस्ट बैंकमा इजरायली सेनाको गोलीबारीमा सात महिने प्यालेस्टिनी शिशुको मृत्यु राम्दीमा नेपालकै पहिलो ‘कन्क्रिट फिल्ड स्टिल ट्युब आर्च’ पुल निर्माण अन्तिम चरणमा, असारभित्र सञ्चालनमा ल्याउने… रास्वपा झापा जिल्लामा ओमनाथ भण्डारी राजा शाक्य बने रास्वपा काठमाडौँको सभापति शुक्लाफाँटामा युवा सम्मेलनः जलवायु सङ्कटविरुद्ध सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता कोप–३१ सम्मेलनको तयारीका लागि टर्किएद्वारा अन्तर्राष्ट्रिय वातावरणीय मञ्चको आयोजना यी २८ जिल्लामा आज हुँदैछ रास्वपाको अधिवेशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

भुक्तानी नपाए नयाँलाई काम गर्न नदिइने



अ+ अ-

सिन्धुपाल्चोक – मेलम्ची खानेपानी आयोजना निर्माणमा संलग्न स्थानीय ठेकेदारले भुक्तानी नपाए नयाँ ठेकेदारलाई काम गर्न नदिने चेतावनी दिएका छन् । इटालियन ठेकेदार कम्पनी सीएमसीले ‘फन्ड सर्जेज’ को घोषणा गरेर आयोजनाको काम छोडेपछि स्थानीय व्यवसायी मर्कामा परेका छन् । 

आफूले काम गरेको रकम भुक्तानी नपाएको भन्दै उनीहरुले मंगलबार आयोजनाको मुहानमा भेला भएर विरोध जनाए । सीएमसी पीडित संघर्स समितिका १२ वटा निर्माण व्यवसायीले मेलम्चीमा पत्रकार सम्मेलन गरेर आफूहरुले काम गरेको १६ करोड ५० लाख ३८ हजार भुक्तानी नपाएको जानकारी दिए ।

मुख्य ठेकेदार कम्पनी सीएमसीले काम छोडेपछि स्थानीय व्यवसायीको रकम भुक्तानी दिएको छैन । यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।