२३ जेष्ठ २०८३, शनिबार
,
Latest
बाग्लुङकाे ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु पोखरा बसपार्क अतिक्रमण हटाउन स्थानीयको सक्रियता, संरचना आफैं भत्काउन सुरु (तस्बिरसहित) परराष्ट्रमन्त्री खनाल र भाजपाका विदेश विभाग प्रमुखबीच भेटवार्ता एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने पोर्चुगलमा टुङ्गियो एनआरएनए विवाद, सुजन लामा नेतृत्वको समितिलाई सरकारी मान्यता तीन तहको सरकारमा समन्वयको अभाव छः अध्यक्ष दाहाल बागमती प्रदेशले गर्‍यो पाँच सहकारीका ११४ ठूला ऋणीको नाम सार्वजनिक सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन सभापति लामिछानेले भनेः योगदानको हिसाब–किताब खोज्ने प्रवृत्ति पार्टी जीवनका लागि हितकर हुँदैन कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल
तपाईं के खोज्दै हुनुहुन्छ ?

अधिकारीको निधनले पार्टी र देशलाई निकै ठूलो क्षति पुग्यो : रावल



अ+ अ-

काठमाडौं । नेकपाका नेता भीम रावलले पूर्व प्रधानमन्त्री एबंम पहिलो पुस्ताका कम्युनिष्ट नेता भरतमोहन अधिकारीको निधनले पार्टी र देशलाई निकै ठूलो क्षति भएको बताएका छन् ।

अधिकारीप्रति श्रद्धाञ्जली अर्पण गर्न पार्टी कार्यालय धुम्बाराहीमा पुगेका रावलले नेपाललाई समृद्धिको दिशामा लैजान चिन्तनशील अधिकारीको निधनले अपुरणीय क्षती पुगेको बताएका हुन् ।

नेता रावलले भने, ‘काम र कर्तव्यप्रति अत्यन्त सक्रिय रहने अधिकारीको निधनले पार्टी र देशले निकै ठूलो क्षति व्यहोरेको अनुभूति भइरहेको छ ।’

‘उहाँ अत्यन्त चिन्तनशील हुनुहुन्थ्यो,’ रावलले भने, ‘नेपालको कम्युनिष्टको आन्दोलनको अथक योद्धा, आफूलाई सम्पूर्ण रुपमा समर्पित गर्ने व्यक्तित्व, कुशल अर्थमन्त्रीको रुपमा अधिकारीलाई स्मरण गर्छु ।’

पुस २३ देखि विरामी परेका अधिकारीलाई तत्कालै मेटिसिटीमा अस्पतालमामा भर्ना गरिएको थियो । तर उनको स्वास्थ्य अवस्था झन झनै बिग्रदै गएपछि धुम्बाराहीस्थित ह्याम्स अस्पतालको भेन्टिलेटरमा राखिएको थियो ।