२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

नक्कली बिहे गराएर युरोपमा मानव तस्करी



अ+ अ-

काठमाडौं । जर्मन प्रहरीले भारतीय र नेपाली मानव तस्करीको संगठित गिरोहका पाँच सदस्यलाई पक्राउ गरेको छ । त्यहाँको म्युनिखस्थित संघीय प्रहरीले युरोपेली नागरिकसँग नक्कली बिहे गराएर तस्करी धन्दा चलाउने समूहको पहिचान गर्न रोमानिया, पोल्यान्ड र डेनमार्क प्रहरीसँग मिलेर अप्रेसन सुरु गरेको थियो ।

भारतीय अनलाइन पोर्टल फस्ट पोस्ट र हिन्दुस्तान टाइम्सका अनुसार प्रहरीको ‘कोभर्ट अप्रेसन’मा युरोपको आवसीय अनुमति पाउन भारतीय र नेपालीले युरोपेलीहरुसँग नक्कली बिहे गर्ने र कागजात हात पार्ने गरेको देखिन्छ ।

अहिले जर्मनी केन्द्रीय रहे पनि विस्तार गरिने प्रहरीले जनाएको छ । अहिलेसम्म १२ हजार यूरो अर्थात १५ लाख रुपैयाँभन्दा धेरै बुझाइ करिब २ सय नेपाली र भारतीयले नक्कली बिहेमार्फत युरोपको आवास अनुमति लिएको म्युनिखस्थित संघीय प्रहरी निर्देशनालयलाई उद्धृत गर्दै फस्ट पोस्टले लेखेको छ । यो समाचार कान्तिपुरमा प्रकाशित छ ।