२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

त्रिपुरेश्वर– कलङ्की– नागढुङ्गा सडक कालोपत्रे गरिने



अ+ अ-

काठमाडौँ – लामो समयदेखि नाजुक रहेको त्रिपुरेश्वर– कलङ्की– नागढुङ्गा सडकमा अब चाँडै कालोपत्रे देखिने भएको छ । काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले कामलाई तिब्रता दिएसँग आउँदो वैशाखभित्र कालोपत्रे हुने भएको हो ।

साढे तीन वर्ष पहिले नै निर्माण सम्झौता भएको १६ किलोमिटर लामो उक्त सडक विस्तार जग्गा अधिग्रहण विवादले समयमै काम हुन नसक्दा सर्वसाधारणले सास्ती ब्यहोर्नुपरेको थियो । कलङ्कीदेखि नागढुङ्गासम्मका विभिन्न स्थानमा सडकछेउका संरचना भत्काउनै पर्ने भएपछि स्थानीय मुआब्जा माग गर्दै सर्वोच्च अदालत गएका थिए । अदालतले विभिन्न मुद्दामा घर भत्काउन रोक लगाएपछि निर्माण समस्या भएको थियो ।

समस्या समाधानका लागि तत्परता देखाउँदै गत साउन १० गते मन्त्रिपरिषद् बैठकले सो सडक विस्तारलाई यथासम्भव अगाडि बढाउने निर्णय गरेको थियो । मन्त्रिपरिषद्ले उपलब्ध चौडाइमा आवश्यक संरचनासहित निर्माण सम्पन्न गर्ने सैद्धान्तिक सहमति दिएपछि सडक विस्तार आयोजनाको काम अगाडि बढेको हो । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।