२४ जेष्ठ २०८३, आईतवार
,
Latest
दर्शना स्कुलको जन्मदिन कोषबाट बिरामी बालिकालाई २५ हजार सहयोग प्रदान रास्वपा दाङ सभापतिमा खनाल निर्वाचित झापाकाे मेचीनगरमा १५ फिट लामो अजिङ्गर फेला सुनचाँदीको मूल्य आज पनि घट्यो कास्की प्रहरीको ‘स्विप अप्रेसन’, एकैदिन ४० जना कारबाहीमा न्यायको अपेक्षासहित मातृभूमि फर्किए धुर्मुस अमेरिकाको ओहायोस्थित उत्सवमा गोली चल्दा कम्तीमा १२ जना घाइते, आक्रमणकारीको खोजी जारी प्रधानमन्त्री बालेनको अभिव्यक्तिमाथि बस्नेतको टिप्पणी : संयम र संस्थागत मर्यादा आवश्यक छ वेस्ट बैंकमा इजरायली सेनाको गोलीबारीमा सात महिने प्यालेस्टिनी शिशुको मृत्यु राम्दीमा नेपालकै पहिलो ‘कन्क्रिट फिल्ड स्टिल ट्युब आर्च’ पुल निर्माण अन्तिम चरणमा, असारभित्र सञ्चालनमा ल्याउने…
तपाईं के खोज्दै हुनुहुन्छ ?

ललितपुरको पाटनढोकामा स्मार्ट शौचालय



अ+ अ-

ललितपुर । ललितपुर महानगरपालिकास्थित ऐतिहासिक पाटनढोकामा चिटिक्कको डिजाइनमा स्मार्ट ‘सुलभ सार्वजनिक शौचालय’ निर्माण भएको छ ।

ऐतिहासिक कालमा पाटन सहरबाट बाहिर निस्कने र सहर प्रवेश गर्ने द्वारकै सामुन्ने बनेको उक्त शौचालयको डिजाइन आर्किटेक्टरसबीच प्रतिस्पर्धा गराएर बनाइएको हो ।

बाहिरबाट झट्ट हेर्दा क्याफेझैँ लाग्ने सो शौचालयको डिजाइन प्रतिस्पर्धामा उत्कृष्ट ठहरिएको आर्किटेक्टरस निरज महर्जनले बनाउनुभयोे ।

ललितपुर महानगरपालिकाले उपलब्ध गराएको करिब सात सय वर्ग फुटको जमिनमा आकाशे पानी सङकलन, बायोग्याँस प्लान्टसहितको शौचालय निर्माण भएपछि सो क्षेत्रमा पेसा, व्यवसाय गर्नेदेखि पर्यटकका लागि समेत सुविधा पुग्ने स्थानीय कनकमणि दीक्षितले बताउनुभयो ।

ललितपुर महानगरपालिकामा यो दोस्रो स्मार्ट शौचालय हो ।

(गाेरखापत्र दैनिकमा समाचार छ)